साढे ३ लाख तिरेर राँगोको मार हाने

  • कार्तिक ७, २०८० | ३०६ पटक पढिएको | सीमा संदेश
alt

पोखरा । प्रतिस्पर्धा पनि कस्तो अचम्म । राँगोको मार हान्न टेन्डर । वडा दसैँ अन्तर्गत नवमीको दिन म्याग्दीको रघुगंगा गाउँपालिका २ मा रहेको भगवती कोट मन्दिरमा राँगो मार हान्न हरेक वर्ष बोलकबोल हुन्छ । पूजा समितिले एउटा राँगो मार हान्नेलाई न्यूनतम ६७ हजार मूल्य तोकेर बढिबढाउमा राखेको थियो । 

सोही वडामा पर्ने सिजलगाउँका एकेन्द्र भण्डारीले ३ लाख ३० हजारमा बोलकबोल गरे । समितिले उनैलाई मार हान्ने अधिकार दियो । कोट मन्दिरमा विधिपूर्वक पूजा गरेपछि उनले राँगो मार हानेका हुन् । अघिल्लो वर्ष ३ लाख १५ हजारमा टेन्डर लागेको थियो । 

नवमीको दिन कोटमा यसरी राँगो मार हान्नेको मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । उति बेला बाइसे/चौबिसे राज्य सञ्चालनका समयदेखि नै यहाँ राँगो मार हान्ने चलन थियो । राँगो मार हानेपछि भण्डारीलाई पूजा समिति र स्थानीयले भव्य अभिनन्दन गरेका छन् । 

‘यहाँ राँगो मार हानेपछि रोकिएका सबै काम बन्ने जनविश्वास छ । यो आजको विश्वास होइन, ३ सय वर्ष पुरानो हो,’ प्रदेश सांसद हरिबहादुर भण्डारीले भने, ‘आज पनि त्यो विश्वास टुटेको छैन । समय अनुसारको मनोकाङ्क्षा पूरा भएको भन्नुहुन्छ सबैले ।’ 

राँगो मार हान्न कालरात्रिको दिन बढिबढाउ हुन्छ । ‘हजारौँ आउँछन्, जो विजय हुन्छ उसले पाउने हो । ५५ मिनेटसम्म प्रतिस्पर्धा हुन्छ । यो अवधिमा जसले धेरै कबोल गर्‍यो उही विजेता हो,’ भण्डारी भन्छन्, ‘कबोलका लागि देशभरिबाट जो आए पनि हुन्छ ।’ सरकारी राँगो, सरकारी एउटा बोका र सामूहिक एउटा राँगोको खरिद मूल्यलाई न्यूनतम मूल्य राखेर टेन्डर निकालिन्छ । तीनवटैलाई यो वर्ष ६७ हजार मूल्य तोकिएको समितिका अध्यक्ष थानबहादुर भण्डारीले जानकारी दिए ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब