भाउजुको मृत्यू भएको २४ घण्टा नबित्दै देवरको पनि मृत्यू

  • कार्तिक ७, २०८० | ४१८ पटक पढिएको | सीमा संदेश
alt

हर्षोल्लास तरिकाले दशै मनाइरहदा सप्तरीको एउटा गाउँ शोकमा डुबेको छ । कारण हो, एकै परिवारका भाउजू र देबरको मृत्यु ।

भाउजूको मृत्यु भएको २४ घण्टा नबित्दै देबरको पनि मृत्यु भएको छ । यो घट्नाले गाउँ नै शोकमग्न भएका छन् ।

जिल्लाको कंचनरूप नगरपालिका वडा नम्बर ८ कात्तिक टोलको घटना हो यो ।

स्थानीय महदैयादेवी मण्डलको सोमबार घरमै मृत्युु भयो । ७० बर्षकि उनी बिरामी थिइन । सोमबारै उनको अन्त्येष्टि गरियो ।

उनको मृत्युपछि सबै जना शोकमा रहँदा मण्डल परिवारमा अर्को बज्रपात भयो । महदैयाको देबर भुटाई मण्डलको मंगलबार बिहानै मृत्युु भएको छ । छाती दुखिएपछि अस्पताल लग्ने क्रममा उनको बाटोमै मृत्यु भएको स्थानीय राजेश मण्डलले जानकारी दिए ।

२४ घण्टाभित्रै भाउजू र देवरको मृत्युले गाउँ नै शोकमग्न रहेको उनले बताए ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब