संघीय सरकारका कर्मचारी ठेकेदारभन्दा बढी पैसा कमाउने नियतले आउँछन् : मुख्यमन्त्री यादव

  • कार्तिक ८, २०८० | ३०८ पटक पढिएको | सीमा संदेश
alt

बारा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकारका कर्मचारीहरु मधेस प्रदेशमा ठेकेदारले भन्दा बढी पैसा कमाउने नियतले आउने गरेको बताएका छन् ।

सिमरा विमानस्थलमा रातोपाटीसँगको कुराकानीमा मुख्यमन्त्री यादवले मधेस प्रदेश सरकारसँग आफ्नो कर्मचारी नहुँदा र संघीय सरकारले पनि प्रहरी र कर्मचारी समायोजनमा चासो नदेखाउँदा काम गर्न समस्या भएको गुनासो गरे ।

‘विकास निर्माण र भ्रष्टाचार नियन्त्रणका लागि मधेस प्रदेशमा कर्मचारी समायोजन भइसकेपछि म एक रुपैयाँको पनि चलखेल हुन दिन्नँ, म यो ग्यारेन्टीका साथ भन्न चाहन्छु,’ मुख्यमन्त्री यादवले भने ‘प्रदेशमा पुलिस समायोजन भएपछि ठाउँठाउँमा राजस्व उठाउने अधिकार कानुनले हामीलाई दिएको छ, त्यसका लागि संघीय सरकारले कर्मचारी समायोजन र प्रहरी समायोजनको काम तुरुन्तै गरिदिनुप¥यो ।’

मधेस प्रदेशका ११ वटा मन्त्रालयमध्ये ६ वटा मन्त्रालयमा मात्रै सचिव छन् भने बाँकी ५ वटा मन्त्रालयमा सचिव नहुँदा कामकाजमा समस्या भएको छ । मुख्यमन्त्री यादवले निमित्त सचिवलाई मन्त्रालयको धेरै कामकाजको ज्ञान नहुने र भएका काममा पनि अख्तियारमा फस्छु भन्ने डरले कामै नगर्ने गरेको गुनासो गरे ।

उनले आफ्नो कार्यकालमा सबैभन्दा धेरै फोकस कृषि, शिक्षा, स्वास्थ्य सम्बन्धी कार्यक्रम रहेकाले  तिहार लगत्तै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका कार्यक्रम सुरु हुने जनाए ।

‘गत वर्ष म मुख्यमन्त्री हुँदा मधेस प्रदेशको ७ प्रतिशत बजेटमात्रै खर्च भएको थियो, मैले असारसम्म आउँदा ६० प्रतिशत हाराहारीमा बजेट खर्च गरेँ, चालु आर्थिक वर्ष मेरो नेतृत्वमा पास भएको बजेटमा ८० प्रतिशतभन्दा धेरै खर्च गर्ने लक्ष्य छ,’ मुख्यमन्त्री यादवले भने, ‘मधेस प्रदेशको विकासको सन्दर्भमा संघीय सरकारले बजेट नै दिँदैन भने विकास कसरी गर्ने ?’

७ वटा प्रदेशमध्ये सबैभन्दा बढी (३३ प्रतिशत) जनसङ्ख्या मधेस प्रदेशमा  भए पनि संघीय सरकारले कर्णाली प्रदेशको भन्दा पनि कम बजेट दिएको यादवको गुनासो छ । उनले मधेस प्रदेशलाई १३ अर्बमात्रै बजेट दिएको तर कर्णालीमा १७ अर्ब बजेट दिएको भन्दै गुनासो गरे ।

‘जनगणना अनुसार ३३ प्रतिशत जनसङ्ख्या मधेसमा बसोबास गर्दछन्, तर बजेटको सवालमा १५ प्रतिशतमात्रै बजेट आएको छ,’ मुख्यमन्त्री यादवले भने ।

उनले आफ्नो कार्यकालमा मधेसको मुहार ७ वटै प्रदेशमा सबैभन्दा राम्रो, भ्रष्टाचार मुक्त, शान्ति सुरक्षामा अब्बल हुने दाबी गरेका छन् । 

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब