सप्तरी महोत्सवमा प्रीति पासवान पुग्दा लफडा, ढुंगामुढा गरेको निहुँमा दर्शकमाथि निर्मम कुटपिट

  • कार्तिक २६, २०८० | ३७० पटक पढिएको | सीमा संदेश
alt

सप्तरीको राजविराजमा जारी ‘सप्तरी महोत्सव’मा पुगेकी कलाकार प्रीति पासवानको कार्यक्रम बिथोलिएको छ । कार्यक्रम बिथोलेको निहुँमा कैयौँ दर्शक कुटिएका छन् ।

कलाकार प्रीति पासवानको प्रस्तुति रहने भन्दै आयोजकले व्यापक प्रचार प्रचार गरेको थियो । जसका कारण हजारौँ दर्शक उर्लिए । तर कार्यक्रम स्थलमा समेत पुग्न नसकेपछि दर्शकहरू ढुंगामुढा गरेको बुझिएको छ ।

महोत्सव राजविराजको राज रंगशालामा भइरहेको छ । सांस्कृतिक कार्यक्रम पनि त्यहीभित्र हुन्छ । तर आज भित्र प्रवेश गर्न तीन वटा गेट मात्र खोलियो । तर कार्यक्रम हेर्न पुगेका दर्शकको भीड थामिनसक्नु थियो ।

अत्यधिक भीडका कारण रंगशालाको पर्खाल भत्कियो । त्यसपछि बाहिर रहेका दर्शकहरू एकसाथ प्रवेश गरे । उनीहरू पुगेपछि पासवानको कार्यक्रममा ढुंगामुढा भएको बुझिएको छ ।

 

ढुंगामुढा भएपछि प्रहरी र महोत्सव समिति उग्र बन्यो । उनीहरू अन्धाधुन्ध लाठी वर्षाएको एक दर्शकले बताए ।

उनका अनुसार महोत्सव समितिका व्यक्तिहरू पनि प्रहरी जस्तै लाठी (भाटा) बोकेका थिए । समितिका व्यक्तिहरू कैयौँ दर्शकलाई निर्ममतापूर्वक कुटेका छन् ।

दर्शकलाई महोत्सवका व्यक्तिहरू निर्ममतापूर्वक कुटेको भिडिओ स्थानीय चन्दन रजकले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । जुन भिडिओमा देख्न सकिन्छ, ‘एक युवक (दर्शक) भुईँमा लडेका छन् । र, उनलाई दुई/तीन जना व्यक्ति (समिति) भाटाले पिटिरहेका छन् । भुईँमा लडेका युवक रोई कराइरहेका छन् ।’

भिडिओ पोस्ट गरेका रजकका अनुसार ढुंगामुढा गरे कोही तर समिति र प्रहरीबाट कुटाई अन्य दर्शकले खाएको बताए । उनका अनुसार कैयौँ दर्शक घाइते छन् । उनीहरू भागेर कहाँ पुगे थाहा छैन ।

ढुंगामुढा र कुटपिटपछि कलाकार पासवानको कार्यक्रम स्थगित गरिएको थियो । दर्शकको भीडले भने स्टेज र कुर्सीहरू पनि तोडफोड गरेका छन् ।

घटना विषयमा बुझ्न सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धी बज्राचार्यसँग पटक पटक सम्पर्कको प्रयास गर्दा पनि हुन सकेन ।

 

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब