हुलाकी राजमार्ग : मोरङ-कटहरी सडकखण्डको निर्माण १ वर्षपछि पुनः सुरु

  • मंसिर १७, २०८० | ४१३ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । मोरङ कटहरी सडक खण्डको हुलाकी सडकको निर्माण कार्य रोकिएको एक वर्ष पछि पुनः शुरु भएको छ ।

निर्माण कार्य रोकिएको लामो समय पछि सुरु भएको सडक खण्डको निर्माण समयमा सकिने स्थानीयहरूले बताएका छन् ।

हुलाकी राजमार्गको अन्य क्षेत्रमा निर्माण कार्य भइरहँदा यो सडक खण्डको ठेकेदारले भने काम नगरेर अलपत्र पारेको भन्दै स्थानीयले चक्काजाम र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम समेत गरेका थिए ।

२०७६ कार्तिक २४ गते काठमाडौँको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीले तीन वर्षा काम सक्ने गरी सो सडक खण्डको ठेक्का पाएको थियो ।
 
तोकिएको समयमा काम सम्पन्न नगरेपछि म्याद थप गरिएकोमा श्रेष्ठ कन्स्ट्रक्सनले अर्को ठेकेदारबाट काम गराइरहेको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले दिए ।

आगामी वैशाख सम्ममा काम सक्ने गरी नयाँ ठेकेदारले काम गरिरहेको र अहिले सडक छेउछाउमा नाला बनाउने कार्य सुरु भएको छ ।

विगत ३ वर्षा सो सडक खण्डको करिब २५ प्रतिशत मात्र काम सम्पन्न भएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले जनाएको छ ।

२०७९ कार्तिक मसान्त सम्ममा नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो सडक खण्डको लागत करिब ८४ करोड रुपैयाँ रहेको छ ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब