लहानको साइकल स्टोरमा आगलागी, करिब ६० लाखको क्षति

  • मंसिर १८, २०८० | ३६० पटक पढिएको | सीमा संदेश
alt

पूर्व–पश्चिम लोकमार्गसँगै रहेको सिराहाको लहान नगरपालिका– ३  स्थित एक साइकल स्टोरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ६० लाख रुपैयाँबराबरको क्षति भएको छ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार स्थानीय सुनीलकुमार अग्रवालले सञ्चालन गरेको नेपाल साइकल स्टोर्समा आइतबार दिउँसो करिब पौने १ बजेतिर भीषण आगलागी भएको हो। 

आगलागीमा बिक्रीका लागि राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर, ट्युब, पार्टपुर्जालगायत जल्दा करिब ६० लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिए।

इलाका प्रहरी कार्यालय लहानबाट पुगेको प्रहरी, स्थानीय बासिन्दा, लहान नगरपालिका तथा गोलबजार नगरपालिकाको बारुणयन्त्र र स्थानीयको प्रयासमा आगो सवा एक घन्टापछि करिब २ बजेतिर पूर्ण रूपमा निभाइएको छ।

प्रहरीका अनुसार आगलागीको कारण नखुलेको र प्रहरीले क्षतिको यकिन विवरण संकलनसहित घटनाको अनुसन्धान गरिरहेको छ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब