प्रमुख प्रशासकीय अधिकृत तानातानमा मेयर–उपमेयरबीच हानाहान

  • मंसिर २७, २०८० | ३९७ पटक पढिएको | सीमा संदेश
alt

जनताबाट चुनिएका जनप्रतिनिधिको छलफल र बोर्डको निर्णयबाट चल्ने मधेशका स्थानीय निकाय सरकारहरुमा गुण्डा र मसलको प्रयोग बढ्दै गएको छ । गैर कानुनी नियुक्ति, भ्रष्टाचार र कमिशनको खेलमा डुबेको मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकामा मंगलबार दिउँसो हानाहान भएको छ ।

महानगर प्रमुख राजेशमान सिंह र उपप्रमसख इम्तियाज आलम पक्ष बीच कुटाकुट भएको छ । दुबै पक्षका मसलधारीको घम्साघम्सी बढ्दै गएपछि नायव प्रहरी उपरीक्षक कुमार थापाको नेतृत्वमा वीरगञ्ज महानगरपालिकामा बाक्लो प्रहरी परिचालन गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष नगर प्रमुखको कार्यकक्षसंगै सरे पछि विवाद भएको छ ।

अर्को भवनमा प्रमुख प्रशासकीय अधिकृत सरेपछि पुरानो कोठामा उपमेयरको सचिवालयमा ताल्चा लगाएपछि बिवाद चुलिएको छ । उक्त कोठामा मेयरले सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने आदेश दिए पनि अर्कोपक्षले उपमेयरको सचिवालयको लागि कब्जा गरेपछि विवाद उत्कर्षमा पुगेको छ । विवाद ‘कार्यकक्ष’लाई लिएर भनिएपछि प्रमुख प्रशासकीय अधिकृतलाई आफूतिर ‘तान्ने र मान्ने’झगडाको मुख्य उद्देश्य भएको एक कर्मचारीले बताउँदै भने,–‘ उपमेयरको कार्यकक्षसंगै प्रशासकीय अधिकृतको कार्यकक्षबाट धेरै कुरा उनलाई थाहा हुने र सबैमा बराबरको हिस्सेदारीलाई न्यूनीकरण गर्न मेयर साहबले आफूतिर तान्ने भएपछि यो अडकेलो थपिएको हो, कार्यकक्षसंगै भएपछि मेयर र नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत बीच आफू पन्छिने हो कि ? उपमेयर पक्षको अनुमानलाई गलत कसरी भन्ने ? झगडाको चुरो कुरा पनि यहि हो ।’ महानगरप्रमुख सिंह बस्ने कार्यकक्ष भएको भवनमा माथि अर्को तल्ला थपेर, कार्यकक्ष माथि सारेपछि उनी बस्दै आएको कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष सारिएको छ । प्रमुख प्रशासकीय अधिकृतको पुरानो कार्यकक्षमा वीरगञ्ज महानगरले पञ्जीकरण शाखा राख्ने तीनदिन देखि तयारी गर्दै आएको थियो ।

सामान सार्दै गरेको अवस्थामा उपप्रमुखको सचिवालयले त्यो कोठामा ताल्चा लगाएपछि विवाद सुरु भएको थियो । नगर प्रमुख सिंहको अनुरोधमा उपमेयरले लगाएको ताल्चा खोल्न केही वडाध्यक्षको टोली सहितले मंगलबार विहान प्रयास गरेपछि दोहोरो हानाहान भएको थियो । विवाद बढ्दै गएपछि मेयर र उपमेयरका समर्थक महानगरमा ओइरिएका थिए । सुरुमा अवस्था उग्र भए पनि प्रहरीका सहयोगमा सामान्य भएको प्रहरी नायव उपरीक्षक थापाले बताए । गत स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा सत्ताधारी कांग्रेस र जसपा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका थिए ।

तर भागबण्डामा गैरकानुनी नियुक्ति, कमिशनमा मात्र कुनैपनि ठेक्कापट्टा दिने बढ्दै गएको परिपाटीले महानगरपालिकाको कतिपय फाइलहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण आयोगले लगेर छानबिन गरिरहेको छ । यता, वीरगञ्ज महानगरपालिकामा भएको कुटपिटमा उपमेयरका स्वकीय सचिव घाइते भएका छन् । प्रमुख प्रशासकीय अधिकृतको कोठालाई लिएर भएको झडपमा प्रहरीको लाठी चार्जले उपमेयर इम्तियाज आलमका स्वकीय सचिव शेषकुमार हजरा घाइते भएका छन् । उपमेयर आलमका स्वकीय सचिव हजराको आँखामा चोट लागेको जनाइएको छ । विवाद सल्टाउने क्रममा प्रहरीले गरेको लाठी चार्जबाट स्वकीय सचिव घाइते भएका थिए । स्वकीय सचिव हजराको अवस्था भने सामान्य रहेको उपमेयरको सचिवालयले जनाएको छ ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब