सिरहाको मिर्चैयास्थित होटेलमा वेश्यावृति, जेम्स स्कूलका सँचालकसहित ६ जना पक्राउ

  • पुस १३, २०८० | ७१६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको मिर्चैयास्थित रहेको न्यू एभेरेष्ट होटेल एण्ड लजबाट छ जना पक्राउ परेका छन् । होटेलमा वेश्यावृति भईरहेको खवरपछि प्रहरीले गरेको छापामारी छ जना पक्राउ परेको हो । 

मिर्चैयास्थित सँचालनमा रहेको एभेरेष्ट होटल एण्ड लजमा विहिबार गरिएको छापामारीको क्रममा सिरहास्थित रहेको जेम्स ईँगलिस बोर्डिँग स्कूलका सँचालकसहित छ जनालाई पक्राउ गरिएको हो ।

विहिबार नै मिर्चैयास्थि रहेको थप एक होटेलमा गरिएको छापामारीको क्रममा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

सो क्रममा सिरहा नगरपालिका वडा नं. १ स्थित सँचालनमा रहेको जेम्स स्कूलका सँचालक विकास कुमार साहसहित सर्लाही, बारा, धनुषा, सिरहाका महिलाहरु समेत पक्राउ परेकी हुन् । 

मिर्चैया प्रहरीले उनीहरूमाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

होटलहरूमा निगरानी बढाएको भन्दै गलत गतिविधिमा संलग्न रहेकाहरूलाई कानुनी कारवाही हुने पनि उनले जनाए ।

यता, होटेल खोलेर वेश्यावृति चलाएका धनुषा क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ बस्ने सुनिल यादव र सोही स्थित ओखलढुँगे होटेल सँचालन गरी बसेका मिर्चैया नगरपालिका वडा नं. ११ बस्ने जय कुमार यादवलाई समेत पक्राउ गरी मुद्दा चलाईने भएको छ । 

धनुषा महेन्द्रनगरका सुनिल साह र सिरहा मिर्चैयाका जय कुमार यादवले होटल सँचालन गरी वेश्यावृति समेत गराउँदै आएका थिए । उनीहरुमाथि अभद्र व्यवहारको मुद्धा चलाईने भएको छ । 

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब