मेयरले राजमार्ग अबरुद्ध पारेपछि चुरे दोहनकाे सिफारिस गर्ने वडाध्यक्ष रिहा

  • पुस १५, २०८० | ४१० पटक पढिएको | सीमा संदेश
alt

सिरहाको कर्जन्हाका मेयर भोला प्रसाद पोखरेलले पूर्व-पश्चिम राजमार्ग अबरुद्ध पारेपछि चुरे दोहनको आरोपमा पक्राउ परेका वडाध्यक्ष छुटेका छन् ।

चुरे क्षेत्रमा पर्ने कमला नदी दोहन गर्न लगाएको आरोपमा जिल्ला वन कार्यालयले शुक्रवार साँझ कर्जन्हा १ का वडाध्यक्ष फनिन्द्र प्रसाद पोखरेललाई पक्राउ गरेको थियो । उनीमाथि मुद्दा चलाउने वन कार्यालयका प्रमुख सुजित कुमार झाले दावी गरेका थिए ।

तर कर्जन्हाका मेयर पोखरेलले राजमार्ग अबरुद्ध पारेपछि वन कार्यालयले वडाध्यक्ष फनिन्द्रलाई छाडेको हो । वडाध्यक्षलाई वन कार्यालयले छाडेपछि आन्दोलन फिर्ता लिएको मेयर पोखरेलले बताए ।

मेयर पोखरेल सयौं कार्यकर्तालाई लगेर शनिवार दिउँसो करिब २ बजेदेखि पूर्व(पश्चिम राजमार्ग अबरुद्ध पारेका थिए । सयौं सवारी साधन अलपत्र परेको थियो ।

प्रहरीले राजमार्ग खुलाउन पहल गरेपनि मेयर पोखरेलले वडाध्यक्ष निर्दोष रहेको भन्दै तत्कालै रिहा नगरेसम्म राजमार्ग अबरुद्ध कायम राख्ने अडान लिएका थिए । वन कार्यालयले अन्ततः वडाध्यक्ष फनिन्द्रलाई छाड्न बाध्य भएको छ ।

चुरे तथा वन क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्न ऐन र कानुन विपरीत सिफारिस गरेको प्रमाण भेटेपछि वडाध्यक्ष पोखरेललाई पक्राउ गरिएको डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले दावी गरेका थिए ।

तर आन्दोलनको अगाडी चुरे दोहन गराएको प्रमाण पनि फेल भयो । वडाध्यक्ष फनिन्द्र रिहा भएपनि चुरे दोहनकाे सिफारिसकै आरोपमा पक्राउ परेका अन्य ३ जना भने वन कार्यालयकै हिरासतमा छन् ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब