अवैध उत्खनन रोक्नेदेखि मदरसामा राष्ट्रिय गीतसम्मका माग राख्दै पैदल यात्रा

  • फागुन ११, २०८० | ३३२ पटक पढिएको | सीमा संदेश
alt

नगरपालिका तथा गाउँपालिका क्षेत्रमा रहेका सार्वजनिक तथा धार्मिक सम्पत्ति संरक्षणका लागि स्थानीय सरकार र सरोकारवालाहरूलाई जवाफदेही बनाउन दबाब दिने उद्देश्यले सिराहाको कर्जन्हा नगरपालिका १ कमला नदीको उत्तरबाहिनीबाट शुक्रबार बिहान तीनदिने पैदल यात्रा थालिएको छ।

पैदल यात्राअन्तर्गत कर्जन्हा नगरपालिकाका ११, कल्याणपुर नगरपालिकाका १२ तथा विष्णुपुर गाउँपालिका क्षेत्रका पाँच गरी २८ वटा वडा क्षेत्रमा पर्ने सार्वजनिक तथा धार्मिक स्थलको स्थलगत अवलोकन, स्थानीयसँग अन्तक्रिया गरी संरक्षणका लागि स्थानीय सरकार र सरोकारवालाहरूलाई घचघच्याइने यात्रामा सहभागी कल्याणपुर १० का सुभेन्द्रकुमार साहले बताए।

कर्जन्हा नगरपालिकामा उपप्रमुखकी प्रत्याशी कल्याणी ढुंगानासहित स्थानीय युवाहरू जितेन्द्र यादव, विनोद श्रेष्ठलगायत सातजना सहभागी पैदल यात्राको टोली शुक्रबार दिनभर विभिन्न वडा घुमेर साँझ कर्जन्हा ७ प्रेमनगरमा वास बस्ने, शनिबार कल्याणपुर नगर क्षेत्रका सार्वजनिक तथा धार्मिक स्थलको अवलोकन गरी राति कल्याणपुर बजारमा बसी आइतबार विष्णुपुर गाउँपालिकाका विभिन्न वडा हुँदै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइने योजना रहेको साहले उल्लेख गरे।

अवैध उत्खनन रोक्नेदेखि मदरसामा राष्ट्रिय गीतसम्मका ११ बुँदे माग

सामाजिक अभियन्ताहरूको समूहले तीनदिने पैदल यात्राको क्रममा पवित्र मानने कमला नदीमा भइरहेको अनधिकृत उत्खनन रोक्नेदेखि जिल्लाभर रहेका मदरसाहरूमा राष्ट्रिय झन्डा र राष्ट्रिय गीत अनिवार्य गरिनुपर्नेसहित ११ बुँदे माग गरेका छन्।

कर्जन्हा– १ स्थित नन्दमोहरी नन्दबाबा गुठी तथा मन्दिरको सम्पत्ति गुठीको नाममा नामसारी गरिनुपर्ने, बन्दीपुरस्थित रामजानकी मन्दिरको जग्गा मन्दिरकै नाममा नामसारी र सामुदायिक विद्यालयको नाममा रहेको सम्पत्ति संरक्षणको माग गरिएको छ।

त्यस्तै, कर्जन्हा नगर क्षेत्रमा रहेका धार्मिक, पर्यटकीय स्थलसहित सार्वजनिक सम्पत्ति जल, जंगल, जमिनको संरक्षण, कल्याणपुर नगर क्षेत्रमा पर्ने रामजानकी गुठीको संरक्षण, विष्णुपुर गाउँपालिकामा पर्ने तीन सय बिघा सार्वजनिक जग्गा तथा रामजानकी मन्दिरको १५ बिघा जग्गामाथि भइरहेको जालझेल बन्द गरी तत्काल मन्दिरको नाममा नामसारी गरिनुपर्ने माग गरिएको छ।

कल्याणपुर नगर क्षेत्रमा पर्ने सार्वजनिक पोखरी, रजैया सडकलगायत सार्वजनिक तथा ग्रामीण बजारको अतिक्रमण गरिएको जग्गा, रामकविरको नाममा दान गरिएको जग्गा तथा सिराहास्थित सलहेश मन्दिरको नाममा कायम रहेको अतिक्रमण गरिएको जग्गा सार्वजनिक गरिनुपर्ने माग गरिएको छ।

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

असोज २८ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २८ गते । बुधबार । ...

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब