गोप्य रुपमा कर्मचारीभर्ना प्रयास रोक्न वडा अध्यक्षहरुले बुझाए ज्ञापनपत्र

  • फागुन १८, २०८० | ३५१ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको धनगढीमाई नगरपालिकाको न्यायसतिमा गोप्य रुपमा कर्मचारीभर्ना गर्नलागेभन्दै तत्काल भर्ना प्रकृया रोक्न वडा अध्यक्षहरुले ज्ञापनपत्र बुझाएको छ। नगरपालिकामा भएका कर्मचारीले काम नपाएर दिनभरी घाम तापिरहेकोबेला कार्यपालिकाको निर्णय बेगर थप कर्मचारी राख्नु अनुचित भएको भन्दै वठाअध्यक्षले ज्ञापनपत्र बुझाएको हो।

कार्यपालिकामा कुनै निर्णय नै नगरी आन्तरीक स्रोतबाट तलव खुवावउनेगरी कर्मचारी राख्न लागेको जानकारी पाएपछि आफूहरुले नियूक्ति प्रकृया तत्काल रोक्न प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाएको वडा नम्वर ३ का अध्यक्ष बिरेन्द्र साहले जानकारी दिए। वडा अध्यक्ष साहले ३ र ९ नम्वरको वडा अध्यक्ष प्रकाश योञ्जनले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएको बताए।

उनले भने, ‘पहिलो कुरा त हामीलाई कर्मचारीको आवश्यकता नै छैन। भएका कर्मचारी काम नभएर घाम तापेर बसिरहेका छन्। त्यसमाथि आन्तरिक स्रोतबाट कर्मचारी राख्नसक्ने अवस्था नगरपालिकाको छैन। कसैको आफ्नो आफन्तलाई जागिर दिने थलो बन्नु हुदैन भन्ने हाम्रो भनाई हो।’

उपमेयर तथा न्यायिक समितिका संयोजक संगिता कुमारी चौधरीले उजुरी प्रशासक राख्ने विषयमा कार्यपालिकामा पटक–पटक कुरा राखेको भएपनि नियुक्ति गर्ने कुनै प्रकृया अगाडी नबढेको बताए। उनले भने, ‘मैले एक जना उजुरी पशासकको माँग कार्यपालिका बैठकमा धेरैपटक माँग गरें। तर, अहिलेसम्म मैले पाउन सकेको छैन। नियूक्तिको विषयमा मैला कुनै जानकारी छैन।’

उनले ‘कार्यपालिका बैठकमा सवैले राख्न सहमति पनि जनाउनु बताए। तर, मैले कसैलाई राखिएको छैन। राख्ने कुरामात्र भएको हो; भने।

उपमेयर चौधरीले महिलालाई काम गर्ने वातावरण नभएको दुखेसे पोखे । उनले भने, ‘नगरालिकामा महिलाले काम गर्ने वातावरण नै छैन। विभिन्न प्रकारले बाधा अड्चन गरिरहेका हुन्छन्। यहाँ सम्मकी न्यायीक समितिमा एक जना कार्यालय सहयोगी समेत छैन। भएको सवै कर्मचारी खोसी सकेको छ। यस्तो अवस्थामा एक जना महिलाले कसरी काम गर्ने?’ भन्दै प्रतिप्रश्न गरे।

यस विषयमा प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश महतोसँग फोन सम्पर्कको प्रयास गरेपनि उनले फोन उठाएनन्।

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

असोज २८ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २८ गते । बुधबार । ...

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब