अवैध उत्खनन गरिरहेको अवस्थामा जेसिबी र टीफर नियन्त्रणमा

  • फागुन २४, २०८० | ४४२ पटक पढिएको | सीमा संदेश
alt

वन कार्यालय सिरहाको गस्ती टोलिले चुरे वन क्षेत्रवाट अवैधरुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन गरिरहेको अवस्थामा एक–एक जेसिबी र टीफर नियन्त्रणमा लिएको छ।

सब डिभिजन वन कार्यालय, चोहर्वाको गस्ती टोलिले नरहा गाउँपालिका ३ जचौहर्वा आर्मी क्याम्प पछाडिको चुरे वन क्षेत्रवाट बा. ५ प १८६७ जन्वरको टिफर र नम्वर नभएको जेसीवी बुधबार विहान नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय, चोहर्वाका वन अधिकृत मनोज कुमार कर्ण नेतृत्वको टोलिले प्रहरीको सहयोगमा दुवै सवारीसाधान नियन्त्रणमा लिएको डिभिज वन कार्यालय लहानका प्रमुख सुजित कुमार झाले जानकारी दिए।

वन कर्मचारीलाई देखेपछि फरार चालकको खोजी भईरहेको वन कर्मचारीले जनाएको छ। चलक फरार भएपनि यस क्षेत्रमा ग्राभेल व्यवसायीका नामले परिचित रामबाबु यादवको टिफर र जेसीवी भएको बुझिएको छ।

नियन्त्रणमा लिएको दुवै सवारीसाान सब डिभिजन वन कार्यालय चोहर्वामा राखिएको छ। यस वारे थप अनुसन्धान भईहेको वन कार्यालयले जनाएको छ। एक वन कर्मचारीले अहिले गाडी वेवारीसे अवस्थामा रहेपनि यो रामबाबुकै हो भन्ने जानकारी दिए। तर, अहिलेसम्म कोही जेसीवी र टिफर मेरो हो भनेर दावीगर्न आईनसकेका छैनन्।

यस क्षेत्रबाट वर्षौंदेखि विना दर्ता निर्वाधरुपमा प्रहरी प्रशासनकै मिलेमत्तोमा अवैध उत्खन्न हुँदै आएको छ। स्थानीयको दवाव पछि केही टिफर र जेसीवी नियन्त्रणमा लिएपनि सामान्य राजस्व बुझाएर छुट्ने गरेको स्थानीयहरु नै बताउँदै छाएको छ।

विद्यालयकै वरपर गैरकानुनी रुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन र विक्रिवितरण हुँदै आएपनि प्रहरीको मौनता उदेकलाग्दो रहेको स्थानीय वासिन्दा बताउँछन्।

विद्यालयको क्षेत्रमा अवैध उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी गर्दा पनि नरोकीएको उनीहरुको गुनासो छ।

दिनरात प्रहरीको डिउटी रहने चोहर्वाचोककै बाटोबाट दर्जनौं स्थानामा खाड्नो खनेर वर्षौंदेखि ढुङ्गा, गिट्टी, वालुवा उत्खनन भईरहेको छ। तर, सरोकारबाला निकायको मौनताले स्थानीय आजित भईसकेको बताउँछन्।

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

असोज २८ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २८ गते । बुधबार । ...

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब