अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : सामाजिक न्याय र लैङ्गिक समानतामा नेपालको फड्को

  • फागुन २५, २०८० | २८९ पटक पढिएको | सीमा संदेश
alt

आज विश्वभर ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनकी नागरिक क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

यस वर्षको नारा ‘महिलामा लगानी, मर्यादित समुन्नत समाजको थालनी’ रहेको छ । पछिल्लो समय सामाजिक न्याय र लैङ्गिक समानताको हकमा नेपालले धेरै प्रगति गरेको छ । शिक्षा र स्वास्थ्य तथा राजनीतिक सहभागितामा महिलाको पहुँचका सन्दर्भमा नेपाल धेरै सकारात्मक उपलब्धि हासिल गर्दै दक्षिण एसियामा अग्रपंक्तिमा पुगेको छ । 

महिलाको विकास लक्षित कार्यक्रमले महिलालाई मात्र होइन, देश, समाज सबैलाई फाइदा पुर्‍याएको छ । छोराछोरीलाई समान शिक्षा दिने विषय कानुनी बाध्यता मात्र होइन चलनकै रुपमा विकास भएको छ । केही समय अघिसम्म बिहे भएका बुहारीले पढ्ने भनेको विरलै थियो तर अहिले बुहारीले पनि पढाइलाई निरन्तरता दिन पाएका छन् ।

शिक्षा र स्वास्थ्यमा महिलाको पहुँचमा नेपालले सकारात्मक उपलब्धि हासिल गरेको छ । छाउगोठ, बोक्सी लगायतका कुरीतिको अन्त्य भइरहेको छ । लघुवित्त, सामुदायिक वन, स्वास्थ्य स्वयंसेविका लगायतका कार्यक्रमले महिलाले गाउँघरमा पनि नेतृत्वको अवसर पाएका छन् । राजनीतिक रुपमा पनि महिला अब नेतृत्वदायी स्थानमा छन् । 

अहिले ३३ प्रतिशत महिला सङ्घीय संसद्मा नै छन् । पालिकामा झण्डै ५० प्रतिशत महिला छन् । राष्ट्रपति, सभामुख, प्रदेश प्रमुख लगायतका पदमा महिला पुगिसकेका छन् । राजनीतिक सहभागिता, सामाजिक रुपमा सचेतना, शिक्षा, स्वास्थ्य जस्ता जीवन यापनका आधारमा पहुँच, रोजगारीमा पहुँच हेर्दा नेपालले धेरै फड्को मारेको छ ।

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

असोज २८ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २८ गते । बुधबार । ...

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब