मधेश प्रदेशमा मुख्यमन्त्रीले चौँथो पटक विश्वासको मत लिने

  • चैत १०, २०८० | ५१२ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले शुक्रवार समर्थन फिर्ता लिएको पत्र प्रदेश सभामुख, प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई पठाएका छन् । प्रदेश सरकारबाट गत सोमबार कांग्रेसलाई हटाइएको थियो ।

मुख्यमन्त्री सरोज कुमार यादवले पछिल्लो पटक गरेको मन्त्रिमण्डल पुनर्गठनमा नेकपा एमालेलाई सरकारमा सहभागी गराउँदै कांग्रेसलाई हटाएका थिए । कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले पुनर्गठनबाट हटाएका थिए ।

सरकारबाट बाहिरिएको पाँचौ दिन कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिएको छ । ‘कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ’ उनले भने, जनता समाजवादी पार्टी(जसपा) नेपालले एमाले लगायतका दलहरुसित गठबन्धन गरेकाले समर्थन फिर्ता लिएको हो ।

प्रदेशमा जसपाको नेतृत्वमा सरकार गठन भएदेखि नै नेपाली कांग्रेसले समर्थन दिदै आएको थियो । एमालेसँगको गठबन्धनसहितको सरकार जसपा संसदीय दलका नेता यादवको नेतृत्वमा गठन भएको थियो । प्रथम पटक गठन भएको सरकारमा एमाले र जनमत पार्टीको सहभागिता रहेको थियो । त्यसपछि मन्त्रिपरिषद् विस्तार हुँदा माओवादी, नेकपा एस र लोसपा पनि सहभागी भएको थियो ।

सरकार भन्दा बाहिर रहेर पनि मुख्यमन्त्री यादवलाई समर्थन गरेको कांग्रेस भने झण्डै ९ महिना पूर्व सरकारमा सहभागी भएको थियो । प्रदेश सरकारलाई ढाल्न लोसपा, माओवादी, एमाले, जनमत लगायतले भारतको सुरसण्डमा योजना बनाउँदा पनि कांग्रेस मुख्यमन्त्री यादवको पक्षमा नै उभिएको थियो ।

कांगेसले समर्थन फिर्ता लिए पनि सरकार भने संकटमा रहेको देखिदैन । एमालेले सरकारलाई समर्थन गरेपछि सरकारसित पूर्ण बहुमत छ । केन्द्रमा रहेको संघीय गठबन्धन परिवर्तन भएसँगै प्रदेशहरुमा पनि कांग्रेसलाई सरकारबाट हटाइएको छ । कांग्रेसका प्रदेश प्रमुख रहेका प्रदेशमा अब एमालेका प्रदेश प्रमुखहरु बहाल भइसकेका छन् ।

सरकारलाई सबै भन्दा ठूलो दल एमालेले समर्थन गरेको छ । एमालेबाट संसदीय दलका नेता सरोज कुमार यादव प्रदेश सरकारमा मन्त्री छन् । उनले भौतिक पूर्वाधार विकास मन्त्रालय, गृह, सञ्चार तथा कानुन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । तीनै मन्त्रालय एमालेको भागमा परेको छ ।

यस अघि कांग्रेसले ती मन्त्रालयहरु सम्हालेका थिए । जनमत पार्टीले छाडेको शिक्षा तथा संस्कृति र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री यादवको जिम्मामा रहेको छ ।ती मन्त्रालय मध्ये एउटा एमाले र अर्को माओवादीको भागमा जाने बताइएको छ । तर संघीय गठबन्धनमा निर्णय भइ नसकेकाले मन्त्रालयको बाँडफाँट रोकिएको छ ।

कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले फेरि विश्वासको मत लिनु पर्ने भएको छ । सरकारसित बहुमत रहेपनि संसदीय चलन अनुसार मुख्यमन्त्रीले प्रदेश सभामा बहुमत सिद्ध गर्नुपर्ने हुन्छ । तराईमा होली सकिएपछि मुख्यमन्त्री यादवले प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् ।

स्रोतहरुका अनुसार आउँदो हप्ता होली परेकाले त्यसपछिको हप्तामा विश्वासको मत लिइने छ । त्यसका लागि संघीय गठबन्धनमा पनि निर्णय हुनुपर्ने भएकाले केही समय लाग्ने स्रोतले जनाएका छन् ।

यस अघि मुख्यमन्त्री यादवले गत फागुनमा विश्वासको मत लिएका थिए । उनी तीन पटक विश्वासको मत लिइसकेका छन् । पहिलो र दोस्रो पटक प्रदेश सभाका सबै सभासदहरुले उनको पक्षमा मतदान गरेका थिए । तर तेस्रो पटक विश्वासको मत एमाले र जनमत पार्टीले दिएका थिएनन् । तर पनि सरकारसित सम्मानजनक बहुमत थियो ।

मधेश प्रदेशमा सरकारको नेतृत्व फेर्नुपर्ने माग माओवादी र एमालेका सभासदहरुले अझै गरिरहेका छन् । तर संघीय सन्तुलन मिलाउन मधेश प्रदेशमा जसपा नेतृत्वकै सरकार रहनेमा नेताहरु ढुक्क छन् ।

मधेश प्रदेशको नेतृत्व नपाउँदा नै जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिएन । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले संघीय सरकारमा नरहे पनि प्रदेश सरकारमा सहभागी रहेको छ ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब