मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण

  • जेठ ९, २०८२ | १०४ पटक पढिएको | सीमा संदेश
alt

मधेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनलगत्तै जनमत पार्टीका नवनियुक्त मन्त्री बसन्त कुशवाहा र संजय यादवले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

मधेस भवनस्थित मुख्यमन्त्री निवासमा नवनियुक्त उद्योग वाणिज्य तथा पर्यटन मन्त्री कुशवाहा र वन तथा वातावरण मन्त्री यादवले पद तथा गोपनीयताको शपथग्रहण गरे । उनीहरुलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहले जनमतका दुई मन्त्री हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

यसअघि जनमतले वन मन्त्री त्रिभुवन शाह र उद्योग मन्त्री सकील अलि मियालाई बनाएको थियो । पार्टीको नियमित प्रक्रिया अनुरुप मन्त्री हेरफेर गरेको जनमत पार्टीले जनाएको छ ।

यादव सिरहाबाट निर्वाचित सांसद हुन् । उनी यसअघि कृषि राज्यमन्त्री बनेका थिए ।कुशवाहा समानुपातिक सांसद हुन् । उनी यसअघि कृषि मन्त्री भइसकेका छन् ।

 

नवनियुक्त मन्त्रीद्वयले शपथग्रहण लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।

नेसपा नयाँशक्तिले सीके, रवि, रेशम र बालेनसँग मिलेर

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाज ...

हिन्दुको नाममा नाबालिकालाई ओसारपसार

हिन्दु बनेर काठमाण्डुकी एक नाबालिकालाई ललाई फकाई भारतको ...

प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो

 नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान प ...

असार ६ गते शुक्रबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल आषाढ ६ गते । शुक्रबार । ईश्वी सन् २०२५ ज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब