नेसपा नयाँशक्तिले सीके, रवि, रेशम र बालेनसँग मिलेर अभियान चलाउने

  • असार ६, २०८२ | ४७२ पटक पढिएको | सीमा संदेश
alt

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले सीके, रवि लामिछाने, रेशम चौधरी र बालेनसंग मिलेर अभियान चलाउन पहलकदमी लिने निर्णय गरेको छ ।

नेसपा (नयाँशक्ति)को बिहीबार बसेको राजनीतिक संवाद समितिको बैठकले उनीहरुसँग मिलेर सुशासन र समसामयिक राजनीतिक विषयमा अभियान चलाउनेगरी पहल लिने भएको उपाध्यक्ष मानुषी यमी भट्टराईले जानकारी दिइन् । उनले भनिन्, ‘अहिले समसामयिक राजनीतिक र जुन सुशासन, भ्रष्टचारको कुरा आइरहेको छ, त्यो अलि पेचिलो बन्दै गएको भएर नयाँ बैकल्पिक, प्रगतिशील र लोकतान्त्रिक पार्टी र समूहहरुबीचमा अलिकति पहलकदमी लिने भन्ने निर्णय भएको छ,’ भट्टराईले भनिन् ।

नयाँशक्तिले रास्वपा, जनमत, नागरिक उन्मुक्ति र विवेकशील पार्टीलाई आफ्नो पार्टीको औपचारिक कार्यक्रममै बोलाउने गरेको छ । उनले भनिन्, ‘हामीले पोहोरदेखि नै नयाँ र बैकल्पिक पार्टीहरुलाई हाम्रो पार्टीको कार्यक्रममा आमन्त्रित गरिरहेका छौँ,’ अध्यक्ष भट्टराइले भनिन्, ‘त्यसमा विशेषगरी रास्वपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, विवेकशील पार्टी लगायत छन् ।’

त्यस्तै व्यक्ति र समूह अन्तर्गत काठमाण्डु महानगरका मेयर बालेन शाहलाई पनि अभियानमा समेट्ने प्रयास गरिने उनको भनाइ छ। ‘बालेनजीहरुसँग पनि हो,’ भट्टराईले भनिन्, ‘उहाँहरु पनि नयाँ हो, त्यसैले हामीले पार्टी, समूह र व्यक्ति भनेका छौँ ।’ यी दलहरुसँग मिलेर चलाइने अभियान मुद्दाकेन्द्रित हुने नयाँ शक्तिको भनाइ छ। भट्टराईले भनिन्, ‘अब चाहिँ मुद्दाकेन्द्रित संयुक्त अभियान नै संञ्चालन गर्नेगरी पहल कदम लिने निर्णय गरेका छौँ ।’ अनि, अभियान हुँदै चुनावसम्म पनि सँगै जाने योजना पनि हो भन्ने प्रश्नमा उनले भनिन्, ‘चुनावसम्म हामी हेर्दै जाउँला, अहिले यो मुद्दाकेन्द्रित हौँ भनेका छौँ ।’

‘मलाई गुन्डा केटाहरू मन पर्छ’

बिग बोसकी चर्चित अभिनेत्री अर्चना गौतम प्रायः आफ्नो स्प ...

मलको कालोबजारी गर्नेको लाइसेन्स खारेजी हुने !

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई रासायनिक म ...

तराईको जलप्रणाली क्षतविक्षत

मधेशमा जलवायु परिवर्तनको प्रभाव, भू–उपयोगमा परिवर ...

डिजेमा नाच्ने बिषयमा झगडा, छोरा पक्राउ परेपछि शोकम

पूर्वी धनुषाको कमला नगरपालिका वडा नं. २ स्थित छोरा पक्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब