साउन ६ गते मंगलबार,यस्तो छ तपाईंको राशिफल

  • साउन ६, २०८२ | २५० पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल साउन ६ गते । मंगलबार । ईश्वी सन् २०२५ जुलाई २२ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण कृष्णपक्ष । तिथि–द्वादशी, १ घडी ४६ पला, बिहान ६  बजेर ५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–मृगशिरा, ३५ घडी २६ पला, बेलुकी ७ बजेर ३३ मिनेट उप्रान्त आद्र्रा । योग– ध्रुव, २७ घडी ३७ पला, बेलुकी ४ बजेर २५ मिनेट उप्रान्त व्याघात । करण–तैतिल, बिहान ६ बजेर ५ मिनेट उप्रान्त गर, बेलुकी ५ बजेर १ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–राक्षस योग । चन्द्र राशि–वृष, बिहान ८ बजेर ११ मिनेट उप्रान्त मिथुन ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २२ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५७ मिनेट । दिनमान ३३ घडी ५६ पला ।  

आजको बार बेला ।  

बिहान ५ बजेर २२ मिनेटसम्म रोग बेला ।

बिहान ५ बजेर २३ मिनेटदेखि बिहान ७ बजेर ४ मिनेटसम्म उद्धेग बेला ।

बिहान ७ बजेर ५ मिनेटदेखि बिहान ८ बजेर ४६ मिनेटसम्म चर बेला ।

बिहान ८ बजेर ४७ मिनेटदेखि बिहान १० बजेर २८ मिनेटसम्म लाभ बेला ।

बिहान १० बजेर २९ मिनेटदेखि बिहान १२ बजेर १० मिनेटसम्म अमृत बेला ।

मध्यान्ह १२ बजेर ११ मिनेटदेखि दिउसो १ बजेर ५१ मिनेटसम्म काल बेला ।

दिउसो १ बजेर ५२ मिनेटदेखि दिउसो ३ बजेर ३३ मिनेटसम्म शुभ बेला ।

दिउसो ३  बजेर ३४ मिनेटदेखि बेलुकी ५ बजेर १५ मिनेटसम्म रोग बेला ।

बेलुकी ५ बजेर १६ मिनेटदेखि बेलुकी ८ बजेर १५ मिनेटसम्म काल बेला ।

नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभ बेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउसो ३ बजेर ३३ मिनेटदेखि बेलुकी ५ बजेर १५ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ४६ मिनेटदेखि बिहान ४ बजेर ३४ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । विवादित विषयहरूको नतिजा तपाईँ आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यापार वा शेयर बजारमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङ्कन हुने ग्रहयोग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मीयताको बढोत्तरी हुने योग रहेको छ । व्यापार र शेयर बजारमा राम्रै फड्को मार्न सकिने समय रहेको छ ।  प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । शेयर बजार तथा व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । राम्रा तथा विलासिताका वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरू भन्दा राम्रो नतिजा ल्याउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

समय राम्रो रहेकोले विदेशी सामानको आयात निर्यात गरी व्यापार विस्तार गर्न सकिनेछ । विदेशी नियोग तथा विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने योग रहेको छ । विद्यार्थीहरूका लागी अध्ययनकै सवालमा यात्रा गर्ने अवसर जुर्नेछ । शेयर बजार, स्वास्थ्य सामाग्री तथा खाद्यान्नको व्यापारबाट नाफा कमाउन सकिनेछ ।  राजनीति तथा समाजसेवामा थोरै समय खर्चिए पनि नाम कमाउन सकिने छ । तर पनि काम गर्दा ध्यान पूर्वक गर्नुहोला काम बिग्रने र जरिवाना तिर्नु पर्ने हुन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग हुनेछ । माया प्रेममा सामीप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफूलाई मन पर्ने वा रुचिको विषय अध्ययन गरी बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा विशिष्ट व्यक्तित्वहरूको सङ्गतले राम्रा काम गर्न सकिनेछ । शेयर बजार, उद्योग, कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्थ काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापार तथा शेयर बजारमा वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समय राम्रो रहेकोले आफन्त तथा दिदी बहिनीहरूबाट सहयोग प्राप्त हुनेछ । व्यापार तथा शेयर बजारमा गरिएको लगानी फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । नसोचेको धन प्राप्त हुने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । तपाईँको बोलीको प्रभाव बढ्ने हुनाले राम्रा काम गरी नाम कमाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

रमाइलो यात्रा हुने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा विभिन्न मनमोहक दृश्यहरू मन मुटुमा कैद गर्न सकिनेछ । पर्यटन व्यवसाय अङ्गाल्नेहरूले सामान्य धन आर्जन गर्न सक्नेछन् । सबै जना सहभागी हुने व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । शेयर बजारमा लगानी गर्दा भविष्यको लागी राम्रो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

न्यायिक निर्णयहरू आफ्नो पक्षमा पार्न सकिनेछ भने शत्रु परास्त हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी दिगो फाइदा गर्न सकिनेछ । पुराना थाती रहेका कामहरू सम्पादन हुनेछन् ।  अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

वंश वृद्धिको योग रहेको छ भने आफन्त तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुने योग रहेको छ । छोटो दुरीको रमाइलो यात्राको योग रहेको छ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई आफ्नो प्रस्तुति दिने अवसर प्राप्त हुनेछ । वित्तीय बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । व्यापार, शेयर बजार तथा उद्योगबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहे पनि राम्रा काम गर्न सकिनेछ । आफन्त तथा आमासँगको सम्बन्ध सुमधुर हुनेछ भने लामो दुरीको यात्राको तय हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने तथा प्रेमील यात्राको अवसर जुर्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।

‘मलाई गुन्डा केटाहरू मन पर्छ’

बिग बोसकी चर्चित अभिनेत्री अर्चना गौतम प्रायः आफ्नो स्प ...

मलको कालोबजारी गर्नेको लाइसेन्स खारेजी हुने !

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई रासायनिक म ...

तराईको जलप्रणाली क्षतविक्षत

मधेशमा जलवायु परिवर्तनको प्रभाव, भू–उपयोगमा परिवर ...

डिजेमा नाच्ने बिषयमा झगडा, छोरा पक्राउ परेपछि शोकम

पूर्वी धनुषाको कमला नगरपालिका वडा नं. २ स्थित छोरा पक्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब