असोज २८ गते मंगलबार, यस्तो छ तपाईंको रसिफ़ल

  • असोज २८, २०८२ | ३५३ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल आश्विन २८ गते । मंगलबार । ईश्वी सन् २०२५ अक्टोबर १४ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक कृष्णपक्ष । तिथि–अष्टमी, बेलुकी ४ बजेर ७ मिनेट उप्रान्त नवमी । नक्षत्र–पुनर्वसु, बेलुकी ५ बजेर ३३ मिनेट उप्रान्त तिष्य । योग–शिब, दिउसो १२ बजेर १८ मिनेट उप्रान्त सिद्ध । करण–कौलव, बेलुकी ४ बजेर ७ मिनेट उप्रान्त तैतिल, रातको ३ बजेर २४ मिनेट उप्रान्त गर । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मिथुन । काठमाडौमा सूर्योदय बिहान ६ बजेर ४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३४ मिनेट । दिनमान २८ घडी ४७ पला ।

 आजको बार बेला ।

  • बिहान ६ बजेर ४ मिनेटसम्म रोग बेला ।
  • बिहान ६ बजेर ५ मिनेटदेखि बिहान ७ बजेर ३० मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ७ बजेर ३१ मिनेटदेखि बिहान ८ बजेर ५६ मिनेटसम्म चर बेला ।
  • बिहान ८ बजेर ५७ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म लाभबेला ।
  • बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४९ मिनेटसम्म अमृत बेला ।
  • बिहान ११ बजेर ५० मिनेटदेखि दिउसो १ बजेर १६ मिनेटसम्म काल बेला ।
  • दिउसो १ बजेर १७ मिनेटदेखि दिउसो २ बजेर ४२ मिनेटसम्म शुभ बेला ।
  • दिउसो २ बजेर ४३ मिनेटदेखि बेलुकी ४ बजेर ८ मिनेटसम्म रोग बेला ।
  • बेलुकी ४ बजेर ९ मिनेटदेखि बेलुकी ७ बजेर ८ मिनेटसम्म काल बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउसो २ बजेर ५६ मिनेटदेखि बेलुकी ४ बजेर २७ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर २८ मिनेटदेखि बिहान ५ बजेर १६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछन् भने खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापहरू सफलता पूर्वक सम्पन्न हुनेछन् । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मीयताको बढोत्तरी हुने योग रहेको छ । व्यापार र शेयर बजारमा राम्रै फड्को मार्न सकिने समय रहेको छ ।  प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाइने हुनाले मन प्रसन्न हुनेछ । लगनशील तथा इमानदार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । विभिन्न अवसर आउने तथा ती अवसरहरूको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । राज्यको निकायमा बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कुनैपनी आर्थिक कारोबार गर्दा सचेत हुनुहोला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेको छ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । तर पनि काम तथा अध्ययनको सिलसिलामा यात्राको गतिलो सम्भावना रहेको छ । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरूका लागी समय फलदायी रहनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आय भावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । बैक तथा वित्तीय क्षेत्र र शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ ।  इच्छा आकांक्षा पुरा गर्न सकिनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामाजिक काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यवसायमा लगानीका प्रस्ताव आउने तथा मनग्गे धन आर्जन गर्न सकिने हुनाले जीवन शैलीमा परिवर्तन हुनेछ  । पढाइमा मन जानेछ भने पढाइकै सवालमा लामो दुरीको यात्राको तय हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । वित्तीय बजार, कृषि तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी बढाउन सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी  समयले साथ दिनेछ । पुराना मित्रसँग भेट हुने तथा मनोरञ्जन र खानपानमा समय व्यातित हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक कार्यमा सहभागी भई उच्च स्तरको प्रस्तुति दिन पाउन मन प्रसन्न हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब