मंसिर १७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

  • मंसिर १७, २०८२ | ३२७ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल मंसिर १७ गते । बुधबार । इस्वी सन् २०२५ डिसेम्बर ३ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । मार्ग शुक्लपक्ष । तिथि–त्रयोदशी, ८  घडी ३४ पला, बिहान १० बजेर ५ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–भरुणी, २५ घडी ४० पला, बेलुकी ४ बजेर ५६ मिनेट उप्रान्त कृतिका । योग–परिध, २४ घडी ४९ पला, बेलुकी ४ बजेर ३५ मिनेट उप्रान्त शिब । करण–तैतिल, बिहान १० बजेर ५ मिनेट उप्रान्त गर, बेलुकी ८ बजेर  ५५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–काण योग । चन्द्रराशि–मेष, बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त वृष । काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४० मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । दिनमान २६ घडी ७ पला ।

आजको बार बेला ।

  • बिहान ६ बजेर ४० मिनेटसम्म लाभ बेला ।
  • बिहान ६ बजेर ४१ मिनेटदेखि बिहान ७ बजेर ५८ मिनेटसम्म अमृत बेला ।
  • बिहान ७ बजेर ५९ मिनेटदेखि बिहान ९ बजेर १६ मिनेटसम्म काल बेला ।
  • बिहान ९ बजेर १७ मिनेटदेखि बिहान १० बजेर ३५ मिनेटसम्म शुभ बेला ।
  • बिहान १० बजेर ३६ मिनेटदेखि बिहान ११ बजेर ५३ मिनेटसम्म रोग बेला ।
  • बिहान ११ बजेर ५४ मिनेटदेखि दिउसो १ बजेर ११ मिनेटसम्म उद्वेग बेला ।
  • दिउसो १ बजेर १२ मिनेटदेखि दिउसो २ बजेर ३० मिनेटसम्म चर बेला ।
  • दिउसो २ बजेर ३१ मिनेटदेखि बेलुकी ३ बजेर ४८ मिनेटसम्म लाभ बेला ।
  • दिउसो ३ बजेर ४९ मिनेटदेखि बेलुकी ६ बजेर ४८ मिनेटसम्म उद्वेग बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ११ बजेर ५३ मिनेटदेखि दिउसो १ बजेर ११ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ५ बजेर २ मिनेटदेखि बिहान ५ बजेर ५० मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडी बढ्न सकिनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । विभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । शेयर बजार तथा व्यापारबाट मनग्गे फाइदा हुनेछ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । कलाकारिता तथा खेल क्षेत्रसँग सम्बन्धित पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय राम्रो रहेकोले आम्दानीको तुलनामा खर्च कम हुँदा रुपैयाँ पैसाको बचत हुनेछ । स्वास्थ्य सामाग्री तथा खाद्यान्नको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने एनजिओ आईएनजीओ जस्ता संस्थामा काम पाउने तथा बढुवा हुने योग रहेकोले । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अनलाइन व्यापार तथा शेयर बजारको लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यकताहरू परिपूर्ति गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । खेलाडी तथा खेल क्षेत्रसँग सम्बन्धित काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पैतृक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषि पशुपालन व्यवसाय फस्टाएर जानेछ । शेयर बजार तथा व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले पद प्राप्तिको योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । खेलाडी तथा खेलकुदसँग सम्बन्धित पेसा व्यवसाय गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनछ । व्यापार, शेयर बजार तथा उत्पादनमुखी क्षेत्रमा लगानी गरी आम्दानी गर्न सकिनेछ । नसोचेका तथा लामो समय देखि रोकिएर बसेका कामहरू सम्पादन गर्न सकिनेछ । आफन्त तथा घरपरिवारका मानिसबाट सहयोग प्राप्त हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । लामो दुरीको व्यापारिक यात्राको तय गर्न सकिनेछ । लगनशीलता तथा इमानदारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढाउन सकिनेछ । खेल क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी समय उत्तम रहेको छ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् । व्यापार तथा शेयर बजारको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।  
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरीको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामूलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । खाद्यान्न, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा शैक्षिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ भने जीवन साथीको सहयोग रहनेछ । खेलकुदको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी समय उत्तम रहेको छ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा उत्कृष्ट नतिजा हात पार्न थोरै समय काफी हुनेछ । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तपाईँकै पक्षमा हुनेछन् । दाजुभाइ तथा छिमेकीसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । भौतिक सम्पत्ति तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । शेयर बजारमा आज गरिने लगानीबाट लाभ लिन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तपाईँको कामको धेरैले प्रशंसा गर्नेछन् भने विशिष्ट व्यक्तिबाट सम्मानित हुने ग्रहयोग रहेको छ । तार्किक क्षमतामा वृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । गाएन तथा संगितको क्षेत्रमा नाम कमाउन सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्बसँगको सम्बन्ध सुदृढ भएर जानेछ । खेलकुद, मनोरञ्जन तथा खानपानमा केही समय व्यातित हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब