मंसिर १८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल
- मंसिर १८, २०८२ | १४७ पटक पढिएको | सीमा संदेश
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल मंसिर १८ गते । बिहीबार । इस्वी सन् २०२५ डिसेम्बर ४ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । मार्ग शुक्लपक्ष । तिथि–चतुर्दशी, २ घडी ४० पला, बिहान ७ बजेर ४५ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– कृतिका, २१ घडी २८ पला, दिउसो ३ बजेर १६ मिनेट उप्रान्त रोहिणी । योग–शिव, १६ घडी ५५ पला, दिउसो १ बजेर २६ मिनेट उप्रान्त सिद्ध । करण–वणिज, बिहान ७ बजेर ४५ मिनेट उप्रान्त भद्रा, बेलुकी ६ बजेर ३३ मिनेट उप्रान्त बव । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–वृष ।काठमाडौमा सूर्योदय बिहान ६ बजेर ४१ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । दिनमान २६ घडी ५ पला ।
दिन विशेष : पूर्णिमा व्रत। कुठी धान्य लक्ष्मीपूजा। नुवाकोटको दुप्चेश्वरमा मेला। दत्तात्रेय जयन्ती। धान्य पूर्णिमा। धान्यपर्वत दान। गैडु पूजा। उधौली पर्व। भक्तपुरस्थित अनन्तलिङ्गेश्वर मेला। चम्पादेवीमेला। धनेश्वरमेला। रानीकोटस्थित श्रीबागभैरव पर्व। योमरी पुन्हि। थिंला पुन्हि।
आजको बार बेला ।
- बिहान ६ बजेर ४१ मिनेटसम्म शुभ बेला ।
- बिहान ६ बजेर ४२ मिनेटदेखि बिहान ७ बजेर ५९ मिनेटसम्म रोग बेला ।
- बिहान ८ बजेर ० मिनेटदेखि बिहान ९ बजेर १७ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ९ बजेर १८ मिनेटदेखि बिहान १० बजेर ३५ मिनेटसम्म चर बेला ।
- बिहान १० बजेर ३६ मिनेटदेखि बिहान ११ बजेर ५३ मिनेटसम्म लाभ बेला ।
- बिहान ११ बजेर ५४ मिनेटदेखि दिउसो १ बजेर १२ मिनेटसम्म अमृत बेला ।
- दिउसो १ बजेर १३ मिनेटदेखि दिउसो २ बजेर ३० मिनेटसम्म काल बेला ।
- दिउसो २ बजेर ३१ मिनेटदेखि बेलुकी ३ बजेर ४८ मिनेटसम्म शुभ बेला ।
- दिउसो ३ बजेर ४९ मिनेटदेखि बेलुकी ६ बजेर ४८ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउसो १ बजेर ११ मिनेटदेखि दिउसो २ बजेर २९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ५ बजेर ३ मिनेटदेखि बिहान ५ बजेर ५१ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कुटुम्ब तथा वाणी भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ । बोलीको माध्यमबाट राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागी हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । खेलकुदको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी समय उत्तम रहेको छ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पारिवारिक माहौलमा समय बित्ने हुनाले दिन रमाइलो तथा उल्लासमय रहनेछ । महँगो तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने योग रहेको छ । राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ भने प्रतिष्ठित काम गरी इज्जत कमाउन सकिनेछ । प्रेममा नजिक भई गफिने अवसर प्राप्त हुनेछ । अनलाइन व्यापार, खेलकुदका सामान, टेक्निकल सामान तथा नयाँ प्रविधिको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खर्च भावमा गोचर गर्ने चन्द्रमाले फजुल खर्च बढ्नेछ । खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा वृद्धि हुने योग रहेको छ । व्यापारमा भनेजस्तो आम्दानी नहुँदा दैनिकी प्रभावित हुन सक्छ । आफ्नै मानिसलाई विश्वास गर्दा धोका पाइनेछ । लामो दुरीको विदेश यात्रा हुनेछ भने विदेशी सामानको व्यापारबाट आम्दानी गर्न सकिनेछ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्ने व्यक्तिहरूका लागी समय उत्तम रहेको छ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सुखद समाचारले आजको दीन उत्साह पूर्वक बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने कार्यक्षेत्रमा तारिफ योग्य काम गरी लोकप्रियता कमाउन सकिनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । अनलाइन व्यापार तथा उत्पादनमुखी व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी समय राम्रो रहेको छ । अध्ययनको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा सम्मान पाइनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरूका रमाइलो यात्राको अवसर जुर्नेछ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्ने व्यक्तिहरूका लागी समय उत्तम रहेको छ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आफन्त तथा साथी भाइसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । व्यापारमा लगानी गरी हाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । तर पनि अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) घरायसी सेवा सुविधाको उपयोग गरी अगाडी बढ्न सकिनेछ । आफन्त तथा साथीभाइको सहयोग पाइने योग रहेको छ । व्यापारमा मनग्गे आम्दानी गरी आर्थिक अवस्था सुदृढ बनाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने विपरीत लिङ्गको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रतिस्पर्धी तथा सहपाठीहरूलाई किनारा लगाउँदै खेलकुद तथा अन्य प्रतिस्पर्धामा नतिजा हात पार्न सकिनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरूले मुक्ति पाउने समय रहेको छ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखी रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाइनेछ । अनलाइन व्यापार तथा औद्योगिक क्षेत्रबाट नाफा कमाउन सकिनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने यात्राको अवसर जुर्नेछ । बिलासी सामानको प्रयोग मार्फत अरूको मन लोभ्याउन सकिनेछ । खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुने र पद प्राप्तिको योग रहेको छ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको वैदेशिक यात्रा हुनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा साथी भाइसँग राय नमिल्दा दैनिक काम प्रभावित हुन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आइसकेको काम अरूले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । तर पनि अध्ययन तथा खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ । कृषि क्षेत्र तथा व्यापारमा गरेका लगानी फस्टाएर जानेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आट, साहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउने चाहनेहरूलाई लागी समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।