साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

  • साउन २३, २०८३ | ५१ पटक पढिएको | सीमा संदेश
alt

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अगस्ट ८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण कृष्णपक्ष । तिथि–दशमी, बिहान ११ बजेर १ मिनेट उप्रान्त एकादशी । 

नक्षत्र–रोहिणी, दिउसो ३ बजेर ७ मिनेट उप्रान्त मृगशिरा । योग–ध्रुव, बिहान ८ बजेर १३ मिनेट उप्रान्त व्याघात । करण–भद्रा, बिहान ११ बजेर १ मिनेट उप्रान्त बव, बेलुकी ९ बजेर ४८ मिनेट उप्रान्त बालव । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–वृष ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ३१ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४६ मिनेट । दिनमान ३३ घडी ८ पला।

आजको बार बेला
बिहान ५ बजेर ३१ मिनेटसम्म काल बेला ।
बिहान ५ बजेर ३२ मिनेटदेखि बिहान ७ बजेर १० मिनेटसम्म शुभ बेला ।
बिहान ७ बजेर ११ मिनेटदेखि बिहान ८ बजेर ५० मिनेटसम्म रोग बेला ।
बिहान ८ बजेर ५१ मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर ३० मिनेटदेखि मध्यान्ह १२ बजेर ९ मिनेटसम्म चर बेला ।
दिउसो १२ बजेर १० मिनेटदेखि दिउसो १ बजेर ४८ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर ४९ मिनेटदेखि दिउसो ३ बजेर २७ मिनेटसम्म अमृत बेला ।
दिउसो ३ बजेर २८ मिनेटदेखि बेलुकी ५ बजेर ७ मिनेटसम्म काल बेला ।
बेलुकी ५ बजेर ८ मिनेटदेखि बेलुकी ८ बजेर ७ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ८ बजेर ४९ मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त
बिहान ३ बजेर ५५ मिनेटदेखि बिहान ४ बजेर ४३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

सर्वार्थसिद्धि योग
बिहान ११ बजेर १ मिनेटबाट दिउसो ३ बजेर ७ मिनेटसम्म सर्वार्थसिद्धि योग
नोट : यस योगमा गरेका काम सफल हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 
कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पुराना कामबाट लाभ लिने समय रहेको छ भने व्यापारबाट मनग्गे आम्दानी हुनेछ । समयको सही सदुपयोग गरी रचनात्मक गर्दै समाजमा नाम कमाउन सकिनेछ । साथीभाईको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरूका लागि समयले साथ दिनेछ भने नयाँ नया प्रेम प्रस्ताव आउनेछ । बिद्यार्थीहरुले पढाइमा राम्रो प्रगति गरी आफन्त तथा गुरुवर्गहरुलाई खुसी राख्न सक्नेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अर्थ सङ्कलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा कामहरू रोकिन सक्छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समय देखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्यम रहेको छ । तर पनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरूका लागी भने समय फलदायी रहनेछ । विदेशी लगानीमा सञ्चालित संस्थाबाट मनग्गे लाभ लिन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरुभन्दा अगाडि बढ्न सकिनेछ । आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ । साथी भाइसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ ।
 
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 
उत्पादनमूलक क्षेत्र वा व्यापारमा आज गरिने लगानीबाट प्रतिफल प्राप्त हुनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । साङ्गीतिक माहौलमा समय व्यातित हुनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
 
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । पुराना काम सफलता पूर्वक सम्पन्न हुने हुनाले मन प्रसन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानी हुनेछ भने व्यापार व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्नी बिच विवाद बढ्नेछ भने चेली माइती बिचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागी पर्नेछन् । कामहरू समयमा सम्पन्न नहुने हुँदा दुःख पाउने समय रहेको छ । आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजाँदा अरू भन्दा पछि परिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पत्ति तथा बिलासी वस्तुहरू जोड्न सकिनेछ । लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडी बढ्नेछ भने पति पत्नी बिच आत्मीयता बढेर जानेछ  । अध्ययन अध्यापनमा समय खर्चिनेहरुले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् । व्यापार व्यवसायको लगानी फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  लामो समयदेखि रोकिएका कामहरू सम्पन्न हुनाले मन प्रसन्न हुनेछ । अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । आफन्त तथा मावलीको सहयोग प्राप्त हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लगि समयले यात्राको अवसर जुराउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मन परेको मानिसबाट बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने समहति जुट्नेछ । अध्ययनमा मन जाने तथा अनुसन्धानको क्षेत्रमा नतिजा हात पार्न सकिनेछ । व्यापारमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफूले प्रयोग गर्ने सवारी साधन प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यम रहेको छ । घर जग्गा तथा माटोसँग सम्बन्धित कामबाट कहीँ मात्रामा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकीकरण गरी मनग्गे लाभ लिन सकिनेछ । आमा वा आफन्तसँग टाढिएर टाढाको यात्रा हुँदा मन खिन्न हुनेछ । माया प्रेममा सामान्य मनमुटाबको सिर्जना नहोला भन्न सकिन्न ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो वर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य वृद्धि गर्न सकिने साथै दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग हुने हुँदा मन प्रसन्न हुनेछ । व्यापार तथा उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो, रमाइलो तथा उपलब्धिमूलक यात्रा हुने अधिक सम्भावना रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब