साउन २९ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

  • साउन २९, २०८३ | २८ पटक पढिएको | सीमा संदेश
alt

वि.सं.२०८३ साल साउन २९ गते । शुक्रबार । ईश्वी सन् २०२६ अगस्ट १४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण शुक्लपक्ष । तिथि–द्धितीया, बेलुकी ८ बजेर २० मिनेट उप्रान्त तृतीया । नक्षत्र–मघा, बिहान ६ बजेर ५१ मिनेट उप्रान्त पूर्वाफाल्गुनी ।

योग– परिध, दिउसो १२ बजेर ३९ मिनेट उप्रान्त शिव । करण–बालव, बिहान ८ बजेर ५८ मिनेट उप्रान्त कौलव, बेलुकी ८ बजेर २० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काण योग । चन्द्रराशि–सिंह ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ३४ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४१ मिनेट । दिनमान ३२ घडी ४८ पला ।

आजको बार बेला
बिहान ५ बजेर ३४ मिनेटसम्म चर बेला ।
बिहान ५ बजेर ३५ मिनेटदेखि बिहान ७ बजेर १२ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर १३ मिनेटदेखि बिहान ८ बजेर ५१ मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर ५२ मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ३० मिनेटदेखि मध्यान्ह १२ बजेर ८ मिनेटसम्म शुभ बेला ।
दिउसो १२ बजेर ९ मिनेटदेखि दिउसो १ बजेर ४६ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर ४७ मिनेटदेखि दिउसो ३ बजेर २४ मिनेटसम्म उद्वेग बेला ।
दिउसो ३ बजेर २५ मिनेटदेखि बेलुकी ५ बजेर ३ मिनेटसम्म चर बेला ।
बेलुकी ५ बजेर ४ मिनेटदेखि बेलुकी ८ बजेर ३ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउसो १० बजेर २९ मिनेटदेखि दिउसो १२ बजेर ७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त
बिहान ३ बजेर ५८ मिनेटदेखि बिहान ४ बजेर ४६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नी बिच मनमुटाब बढ्नेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ । प्रतिस्पर्धिहरुको अवरोधले पाइँदाको सम्भावना टरेर जानेछ । तर पनि वित्तीय बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा सामान्य खटपटको योग रहेको छ । जीवन साथीको असहयोगले कामहरू समयमा सम्पन्न हुने छैनन् । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिए पनि उपलब्धि न्यून हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै सङ्घर्ष गर्नुपर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरू भन्दा पछि परिने चिन्ताले सताउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय तथा भाग्यले साथ दिने हुँदा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । पराक्रमी तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सूचना प्रविधिको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ । अनलाईन व्यापार, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा लगानी गर्नेहरूका लागि समय उत्तम रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नराम्रा घटनाहरूको सामना गर्नुपर्दा दिनलाई सही रूपमा सदुपयोग गर्न सकिने छैन । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनै पनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारी बिना नै प्रस्तुत गरिने कुनै पनि योजना विपल हुन सक्छ ध्यान दिनुहोला । व्यवसायमा सामान हराउने तथा नाफा कमाउन अरू दिन भन्दा बढी समय खर्चनु पर्नेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आर्थिक पक्ष मजभूत रहनेछ भने आर्थिक वृद्धिका लागी नयाँ अवसरहरू प्राप्त हुनेछन् । बिद्यार्थिहरुका लागि आजको समय उत्तम रहेकोले नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा परिवारका साथ रमाइलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रणय सम्बन्धमा सुधारको सङ्केत देखिनेछ । दैनिक समस्याहरू सुल्झाउँदै बढ्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्यको विशेष ख्याल गर्नुहोला औषधी उपचार खर्च बढेर जानेछ । आर्थिक अवस्था कमजोर हुने तथा व्यापार तथा सेयर बजारमा सुझबुझका साथ लगानी गर्नुहोला । आफन्त तथा साथीभाइहरूले खासै सहयोग गर्ने छैनन् । पढाइ लेखाइमा ध्यान नजाँदा अरूभन्दा पछि परिनेछ । कामलाई दोहोराएर गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दी आउने भए पनि विदेशमा उत्पादित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । व्यापार व्यवसाय, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) उच्च तथा विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइनाले पद प्राप्तिको योग रहेको छ । अध्ययनमा प्रतिस्पर्धी हरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा यात्राको अवसर जुर्नेछ । परिवारका साथ रमाइलो यात्रामा निस्कन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कार्यक्षेत्रमा राम्रो काम गर्न नकस्दा मान सम्मानमा कमीको महसुस हुनेछ । समर्थन गर्नेभन्दा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । स्वास्थ्य कमजोर रहनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछैन । सरकारी तथा प्रशासनिक काममा ढिलाशुस्तिको चपेटामा परिनाले उपलब्धि गुम्न सक्छ । तर पनि धार्मिक तथा शैक्षिक यात्राको बलियो योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापारको सिलसिलामा लामो दुरीको यात्राको अधिक सम्भावना रहेको छ । व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । अध्ययन, लेखन, कला साहित्य तथा गीत सङ्गीतमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्नेछ । भौतिक साधनहरू जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) न्यायिक निर्णय आफ्नो पक्षमा फैसला हुनेछ भने शत्रु परास्त हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी दिगो फाइदा गर्न सकिनेछ । पुराना थाती रहेका  कामहरू सम्पादन हुनेछन् ।  अध्ययन वा कामको सिलसिलामा लामो दूरीको यात्राको योग रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब