प्रदेश २ मा कोरोना आशंकित १६ जना आइसोलेसनमा

  • वैशाख २१, २०७७ | २५२ पटक पढिएको |

जनकपुरधाम/ प्रदेश २ मा कोरोना संक्रमणको आशंकामा १६ जनालाई आइसोलेसनमा राखिएको छ ।

प्रादेशिक अस्पताल जनकपुरधाममा ८ जना, बाराको सिमरास्थित अस्थायी आइसोलेसन अस्पतालमा ७ जना र सिराहाको महेन्द्र गेनाई अस्पतालमा एक जना आशंकितलाई राखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार १६ जनाकै स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

प्रदेश २ मा हालसम्म १२ जना कोरोना संक्रमित फेला परेका छन् । यसमध्ये ४ जना स्वस्थ्य भएर फर्किसकेका छन् भने आठ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेशमा हालसम्म दुई हजार तीन सय ८५ जनाको स्वाब परीक्षण गर्दा १२ जनाको पोजेटिभ देखिएको हो । चार सय ६५ जनाको नतिजा आउन बाँकी छ भने अन्यको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेशमा शुक्रबारसम्म पाँच हजार एक सय ६१ जनाको र्‍यापिड टेस्ट गरिएको छ । यसमध्ये १० जनाको पोजेटिभ देखिएपनि पीसीआर रिपोर्टमा नेगेटिभ देखाइसकेको छ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब