असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

  • असोज २५, २०८३ | २६ पटक पढिएको | सीमा संदेश
alt

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक्टोबर ११ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–प्रतिपदा, बेलकी ८ बजेर ३९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–चित्रा, बेलुकी १० बजेर ५४ मिनेट उप्रान्त स्वाती ।

योग–वैधृती, बेलुकी १० बजेर ३० मिनेट उप्रान्त विष्कुम्भ । करण–किंस्तुध्न, बिहान ८ बजेर ३३ मिनेट उप्रान्त बव, बेलुकी ८ बजेर ३९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–कन्या, बिहान १० बजेर २८मिनेट उप्रान्त तुला । शारदिय नवरात्र प्रारम्भ । घटस्थापना ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३७ मिनेट । दिनमान २९ घडी ० पला।

आजको बार बेला ।
बिहान ६ बजेर २ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर ३ मिनेटदेखि बिहान ७ बजेर २९ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर ३० मिनेटदेखि बिहान ८ बजेर ५६ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर ५७ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ५० मिनेटसम्म काल बेला ।
बिहान ११ बजेर ५१ मिनेटदेखि दिउसो १ बजेर १७ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर १८ मिनेटदेखि दिउसो २ बजेर  ४४ मिनेटसम्म रोग बेला ।
दिउसो २ बजेर ४५ मिनेटदेखि बेलुकी ४ बजेर ११ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ४ बजेर १२ मिनेटदेखि बेलुकी ७ बजेर ११  मिनेटसम्म शुभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बेलुकी ४ बजेर १० मिनेटदेखि बेलुकी ५ बजेर ३७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रिय मान्यता रहेको छ ।

ब्रहा मुहुर्त
बिहान ४ बजेर २६ मिनेटदेखि बिहान ५ बजेर १४ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । चाडबाड लक्षित सामानको व्यापारबाट लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । ईमान्दारिता तथा लगानशीलताले गन्तव्य पहिल्याउन सहज हुनेछ । महंंगा तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । छोटो दुरीको यात्राको तय हुनेछ । धार्मिक काममा मन जानेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई हराउँदै अग्र पंत्तिमा आउन सकिनेछ ।  पुराना ऋण तथा समस्याहरू हल भएर जानेछ । मामा तथा मावली पक्षको  सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । अध्ययन वा काममा प्रविधिको प्रयोग गर्न सकिनेछ । यात्रा, किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । खाद्यान्न, कपडा तथा औषधीजन्य सामानको व्यापारबाट लाभ लिन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा समय दिन सकिने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । ईमान्दार तथा लगनशील भई लाग्नाले सम्मान पाइनेछ । चाडबाड लक्षित सामानको व्यापारबाट लाभ लिन सकिनेछ भने खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमता पूर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपहार प्राप्तिको योग रहेको छ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रसन्न रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) गीत संगित तथा नृत्यको क्षेत्रमा राम्रो प्रगती गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरीको यात्राको योग रहेको छ भने पारिवारिक मिलनले मन प्रसन्न हुनेछ । तरपनि राजनीतिकर्मी तथा सामाजिक क्षेत्रमा काम गर्नेहरूका लागि जनताको आलोचनात्मक समर्थन रहनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोटो दुरीको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ । पहिरन तथा खाद्यान्नको व्यापारबाट प्रशस्त आम्दानी गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रसन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । पुराना विवादित बिषयहरु हल भएर जानेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) गित संगित तथा साहित्यको क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने नाम तथा दाम दुवै कमाउन सकिनेछ । धन तथा भौतिक सम्पत्ति परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ भने पारिवारिक माहौलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजन, पहिरन तथा खाद्यान्नसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । धर्मसस्कृती जोगाउन तपाईँको महत्त्वपूर्ण भूमिका रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सानातिना समस्या देखिएपनि लगनशील भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेको छ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरूभन्दा अगाडी बढ्न सकिनेछ । दाजुभाइले तपाईँको काममा सहयोग गर्ने हुनाले ठुला तथा उपलब्धिमूलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरू प्राप्तिको योग रहेको छ । व्यापार व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । धार्मिक तथा मनोरञ्जनात्मक यात्राको तय हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयमा काम नबन्ने हुनाले आर्थिक पाटाहरू कमजोर रहनेछन् । लेनदेनको विवादले आत्म सम्मानमा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । शरीरमा आलस्यता बढेर जानेछ भने भौतिक तथा विलाशी वस्तु हराउन सक्छ ख्याल गर्नुहोला । तरपनि लामो दुरीको यात्राको तय हुनेछ । विदेशमा बसेर काम गर्नेहरूका लागि वा विदेशी सामानको व्यापार गर्नेहरूका लागी समयले साथ दिनेछ । स्वास्थ्य सामाग्री तथा पूजा सामाग्रीको व्यापार गर्नेहरूका लागी समय राम्रो रहेको छ ।
 
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मनपरेको मानिसबाट चिट्ठा तथा उपहार पाईने हुदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाइनेछ । तरल पदार्थ, खाद्यान्न तथा धार्मिक सामग्रीको व्यापारमा बढोत्तरीको योग रहेको छ । प्रणय सम्बन्धलाई विवाहमा परिणत गर्न सकिनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) इच्छाशक्ति बढ्नुका साथै रमाइलो यात्राको तय हुनेछ । प्रयत्न गरेको काम छिट्टै पुरा हुने तथा  समयको सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथिभाईहरुको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन् । प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ ।परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने ग्रहयोग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  जिम्मेवारी प्राप्त हुने तथा सफलतापूर्वक सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथीभाइ तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरूभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । सरकारी क्षेत्रमा तपाईंको गतिलो उपस्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ । बिहानीपख धार्मिक यात्रा हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरू प्रभावित हुनेछन् । चिन्ता तथा छपट्टिले ऊर्जा तथा आत्मविश्वासमा कमी ल्याउनेछ । यात्रा गर्दा बाहिरी वातावरण तथा परिस्थिति बुझेर मात्र गर्नुहोला । धन सम्पत्ति तथा पैतृक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । तरपनि साहित्य लेखन तथा अनुसन्धानको क्षेत्रमा काम गर्नेहरूका लागी समय राम्रो रहेको छ । आफ्नो पेशा व्यावसायमा निरन्तर लाग्नेहरूका लागी समयले साथ दिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब