शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरिँदै, यस्ताे छ पूजाविधि

  • असोज २५, २०८३ | ३२ पटक पढिएको | सीमा संदेश
alt

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरिन्छ । देवी दुर्गा माताको ९ रूप छन्, त्यसमध्ये पहिलो रूप शैलपुत्री हो । शैल भनेको पर्वत र पुत्री  भन्नाले छोरी भन्ने अर्थ लाग्छ । 

मार्कण्डेय पुराणका अनुसार पर्वतराज हिमालयकी पुत्रीको रूपमा उत्पन्न भएकी हुनाले हिमालयराजकी छोरी, पार्वती, सेती वा हेमवती वा शैलपुत्री नाम रहन गएको हो । आश्विन प्रतिपदा अर्थात आजकै दिन माता शैलपुत्रीको पूजा तथा आराधना गरिन्छ ।

आज बिहान ११ बजेर ४७ मिनेटको शुभ साइतमा घटस्थापना गरी देवी दुर्गाको आवाहन तथा पूजा गरेर जमरा राखिन्छ । घटस्थापना गरिसकेपछि मात्रा शैलपुत्रीको पूजा गर्नुपर्दछ । आज चित्रा नक्षत्र र वैधृति योग परेकोले घटस्थापना गर्नु अगाडी चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना र देवी पूजा गर्नु पर्ने नेपाल पञ्चाङ्ग विकास  समितिले जनाएको छ ।
एक कथाको अनुसार दक्ष प्रजापतिले ठुलो यज्ञ गरेका थिए । त्यस यज्ञमा सबै देवताहरूलाई निमन्त्रण गरिएको थियो तर दक्ष प्रजापतिले भगवान् शंकर र शतिदेवीलाई निमन्त्रण गरेका थिएनन् । आफ्नो बुवा दक्षप्रजापतले ठुलो यज्ञ गरेको तर आफूलाई बेवास्ता गरी निमन्त्रणा नगरेको भन्दै सतिदेवीले श्रीमहादेवलाई वृत्तान्त सुनाइन र बाबुले गरेको त्यस यज्ञमा जान इच्छा राखिन् । 

श्रीमहादेवले निमन्त्रणा नगरेको कारण त्यस यज्ञमा जान ठिक हुन्न भनि सतिदेवीलाई सम्झाए । सतिदेवीले यज्ञमा आमा तथा बहिनीहरूसँग भेटघाट गर्ने र यज्ञमा सहभागिता जनाउनको लागि जाने भन्दै श्रीमहादेवसँग अनुमति लिएर यज्ञमा गइन् । आफ्नो बुवाले गरेको महान् यज्ञमा पुग्दा शतिदेवीलाई दुर्व्यवहार गरियो र महादेवलाई पनि नाना तरहले गाली गरियो । आफ्नो स्वामीलाई बुवा दक्षप्रजापतिले गरेको नाना प्रकारको गाली सहन नसकि शतिदेवीले आफनो शरिर यज्ञमा बलिरहेको अग्निमा हाम फालेर देह त्याग गरिन् । यस प्रकारको दुखद घटनाले श्रीमहादेव आक्रोशित भए । त्यसपछि आफ्नो गणहरूलाई यज्ञ स्थलमा पठाएर दक्षप्रजापतिको यज्ञ पूर्णतया ध्वस्त गरिदिए ।

शतिदेवीले अग्निद्धारा देह त्यागी अघिल्लो जन्ममा शैलराज शिमालय पुत्रीको नाममा जन्म लिई शैलपुत्री नामले विख्यात भइन् । शैलपुत्रीको दाहिने हातमा त्रिसुल र बायाँ हातमा कमलको फुल सुशोभित रहेको छ ।

शैलपुत्रीको पूजाविधि

स्नानआदि नित्यकर्म गरेर सर्वप्रथम गंगाजल जा गाईको गहुतले शुद्ध गरी काठमाथि रातो बस्त्र बिछ्याई शैलपुत्रीको तस्बिर स्थापना गर्नुपर्दछ ।  शुद्ध चित्त भई आज म शुद्ध मन, वचन र कर्मले माता शैलपुत्रीको पूजा गर्न गइरहेकी छु , प्रशन्न भई मेरो पूजा स्वीकार गर्नुहोस् भनि पूजन सामग्री तयार गर्नु पर्दछ । जसमध्ये धान, चामल, जौँ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अबिर, केशरी, शौभाग्य, शृङ्गार, सिन्दुर, नरिवल, फलफूल, पकवान्न, धूप, बत्ति, कपुर, फूल, माला आदि सरजाम मिलाई पूर्व, उत्तर या पश्चिम फर्किएर शुद्ध आसनमा बसी दाहिनेतर्फ रहेको दिप प्रज्वलन गरी दियोको आवाहन सहित सबै उपचारले पूजागरि फल, प्रसाद, दक्षिणा चढाउनु पर्दछ । तत्पश्चात् दाहिने हातमा जौ, तिल, पानी, फूल, कुश या द्रव्यसहित लिएर संकल्प अर्थात् स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नाम सहित परिवार तथा बन्धु बान्धबहरूको नाम उच्चारण गर्दै ॐ  देवी शेलपुत्र्यै नमस् यो मन्त्रको ११, २१ वा १०८ पटक उच्चारण गर्दै काम वा निष्काम भावले संकल्प लिनु पर्दछ ।

संकल्प पश्चात् अर्घ स्थापनागरी विघ्नहर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ॐ गं गणपतये नमः भन्दै सबै उपचारले पूजा गरिसके पछि धुप, दिप, फल, प्रसाद, दक्षिणा आदिले गणेशजीको पूजा गरिन्छ ।

इशानकोणमा रहेको वरुण कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहनगरी कलशभित्र पञ्चरत्न, पञ्चपल्लव, सर्वोषधि आदि राखेर कलशमाथि पूर्णपात्र राख्ने र पूर्णपात्रमाथी नरिवल, सुपाडी वा सिँगोफल राखेर सबै उपचारले पूजागर्दै धुप, दिप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ ।

माता शेलपुत्रीको पूजा गर्नाले मानसिक शान्ति, पारिवारिक सुख, आध्यात्मिक उन्नति र शक्ति जागृत हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

शैलपुत्री माताको पूजा गर्दा निम्न मन्त्र उच्चारण गर्नुपर्दछ ।

वंदे वांच्छितलाभायाचंद्रार्धकृतशेखराम्

वृषारूढांशूलधरांशैलपुत्रीयशस्विनीम् ।।

पूणेंदुनिभांगौरी मूलाधार स्थितांप्रथम दुर्गा त्रिनेत्रा ।

पटांबरपरिधानांरत्नकिरीटांनानालंकारभूषिता ।।

प्रफुल्ल वदनांपल्लवाधरांकांतकपोलांतुंग कुचाम् ।

कमनीयांलावण्यांस्मेरमुखीक्षीणमध्यांनितंबनीम् ।।

वंदे वाद्द्रिछतलाभाय चंद्रार्धकृतशेखराम ।

वृषारूढां शूलधरां शैलपुत्री यशस्विनीम् ।।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब