राहत बाँड्ने नाममा नेता, सांसद र मन्त्रीले नै कोरोना सारेको आरोप : सांसद बिडारी

  • वैशाख ३१, २०७७ | १९७ पटक पढिएको |
alt

 सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रामनारायण बिडारीले मन्त्री, सांसद र नेताले कोरोना सारेको आरोप लगाउनुभएको छ । 

सांसद बिडारीले राहत बाँड्ने नाममा गाउँगाउँमा मान्छे जम्मा गरेर मन्त्री सांसद, नेता र सांसदहरुले कोरोना सङ्क्रमण फैलाएको आरोप लगाउनुभएको हो । 

राहतका कार्यक्रम पालिकाबाट व्यवस्थित रुपमा वितरण हुनुपर्ने भए पनि कसैले नपाएजस्तो गरी नेताहरु गएर कोरोना सङ्क्रमण फैलाएको आरोप उहाँले लगाउनुभयो । 

अहिलेको अवस्थामा उत्पादन भएका तरकारी, दूध र अण्डा सरकारले किनेर जनताको घरमा पुर्‍याउनुको सट्टा गफ गरेर नहुने उहाँले बताउनुभयो । त्यसका लागि कानुन निर्माण आवश्यक रहेको उहाँले बताउनुभयो ।

भारतले नेपाली भूमि अतिक्रण गरेको विषयमा सांसद बिडारीले नरेन्द्र मोदी सत्तामा आएदेखि नेपाललाई हैरान गरेको बताउनुभयो । संविधान निर्माणमा बाधा, नाकाबन्दी र सिमानामा मनलाग्दी काम गरेर नेपाललाई मोदी सरकारले हैरान पारेको उहाँले बताउनुभयो । 

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब