असोज २९ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल

  • असोज २९, २०८३ | ५१ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल असोज २९ गते । बिहीबार । इस्वी सन् २०२६ अक्टोबर १५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–पञ्चमी, रातको १ बजेर ४३ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–ज्येष्ठा, अहोरात्र । योग–सौभाग्य, बेलुकी १० बजेर ७ मिनेट उप्रान्त शोभन । करण–बव, मध्यान्ह १२ बजेर ४५ मिनेट उप्रान्त बालव, रातको १ बजेर ४३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–काल योग । चन्द्रराशि– वृश्चिक ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३३ मिनेट । दिनमान २८ घडी ४४ पला।

आजको बार बेला ।

  • बिहान ६ बजेर ४ मिनेटसम्म शुभ बेला ।
  • बिहान ६ बजेर ५ मिनेटदेखि बिहान ७ बजेर ३० मिनेटसम्म रोग बेला ।
  • बिहान ७ बजेर ३१ मिनेटदेखि बिहान ८ बजेर ५६ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ८ बजेर ५७ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म चर बेला ।
  • बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४९ मिनेटसम्म लाभ बेला ।
  • बिहान ११ बजेर ५० मिनेटदेखि दिउँसो १ बजेर १५ मिनेटसम्म अमृत बेला ।
  • दिउँसो १ बजेर १६ मिनेटदेखि दिउँसो २ बजेर  ४१ मिनेटसम्म काल बेला ।
  • दिउँसो २ बजेर ४२ मिनेटदेखि बेलुकी ४ बजेर ७ मिनेटसम्म शुभ बेला ।
  • बेलुकी ४ बजेर ८ मिनेटदेखि बेलुकी ७ बजेर ७ मिनेटसम्म अमृत बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउँसो १ बजेर १४ मिनेटदेखि दिउँसो २ बजेर ४१ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर २८ मिनेटदेखि बिहान ५ बजेर १६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा अग्रजहरूको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । चाडबाड लक्षित सामानको व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथीको सहयोगले अगाडी बढ्न हौसला मिल्नेछ । खानपान, मनोरञ्जन तथा पारिवारिक मिलनमा समय व्यातित हुनेछ । तर पनि सवारी साधनको प्रयोग गर्दा वा यात्रा गर्दा ध्यान दिनुहोला ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । दैनिक उपभोग्य वस्तु तथा पहिरनको व्यापारबाट प्रशस्त नाफा कमाउन सकिनेछ । वित्तीय क्षेत्रको लगानी फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  शुभ माङ्गलिक कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहने प्रेमील जोडीहरूका लागी समयले यात्राको अवसर जुराउनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । वित्तीय क्षेत्र, दैनिक उपभोग्य बस्तु, पहिरन तथा बिलासी सामानको व्यापारमा गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) वित्तीय क्षेत्र तथा व्यापार व्यवसायमा उल्लेख्य मात्रामा वृद्धि हुनाले दैनिकी सुदृढ हुनेछ । चिट्ठा पर्ने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । आफन्त तथा छोराछोरीको प्रगतिमा मन प्रसन्न हुनेछ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारबाट सोचेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । यात्रा तथा खानपानमा समय व्यातित हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) उपभोग्य वस्तु, पहिरन तथा उत्पादनमुखी उद्योगमा थोरै समय दिए पनि मनग्गे आम्दानी गर्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । विवादित विषयहरू हल भएर जानेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले अरूभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयमा काम गरी प्रशंसक तथा समर्थकहरू जुटाउन सकिनेछ । बुद्धि तथा वाणीको माध्यमले धेरैको मन आफूतिर खिच्न सकिनेछ । परिवारका साथ रमाइलो गर्दै मिष्ठान्न भोजनका साथ रमाउन सकिनेछ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय लगानी गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ । उपभोग्य बस्तु तथा पहिरन तथा सवारी साधनको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । अध्ययनमा मन जानेछ भने खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले पद प्राप्तिको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । यात्रा, पारिवारिक मिलन तथा खानपानमा समय व्यातित हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदा रहँदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृढ बनाउन गरिएका पेसा व्यवसाय स्वतः स्फूर्त रूपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ । गाएन तथा मनोरञ्जनको लागी यात्राको योग रहेको छ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागे पनि सम्बन्ध प्रगाढ हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागी दिन प्रभावकारी रहनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सीमित स्रोत साधनको प्रयोग मार्फत असीमित आवश्यकता परिपूर्ति गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । व्यापार तथा वित्तीय क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । उपभोग्य वस्तु, पहिरन, सवारी साधन तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । दाजुभाइको सहयोगमा भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) चुनौतीहरूलाई किनारा लगाउँदै कामहरू बनाउन सकिनेछ भने राम्रा काम गर्दा समाजमा स्थापित हुन सकिनेछ । व्यवसाय फस्टाएर जाने तथा व्यावसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो विद्यालाई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरू गर्न सकिने तथा साथीभाइहरूको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईँको कामदेखि सबै प्रसन्न हुनेछन् । सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरूले तपाईँको काम समयमा गरिदिने हुनाले समय र रुपैयाँ पैसाको बचत हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धार्मिक तथा आध्यात्मिक काममा समय व्यातित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईँको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न  सकिनेछ  । प्रेमिका तथा साथीभाइले सहयोग गर्ने हुनाले एक कदम अगाडी बढी प्रगति गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको कामको प्रशंसा हुनेछ । नयाँ कामको प्रस्ताव आउने तथा नोकरीमा बढुवा वा स्थानान्तरणको योग रहेको छ । चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब