सिरहाको सखुवान्नकारकट्टी गापाको मौवाही लतियाही सिल "स्थानियवासी त्रसित, आइतवार देखि शंकस्पद व्यक्तिहरुका परिक्षणको तयारी हुदैँ"

  • जेठ ३, २०७७ | ४७७ पटक पढिएको |
alt

सिरहाको प्रथम कोरोना भाइरस संक्रमित भेटिएको सखुवान्नकारकट्टी गाउँपालिका वडा नं. १ मौवाही लतियाही गाउँ सिल गरिएको छ । गाउँबाट बाहिर ननिष्कन, भिरभार नर्गन र आफ्नै घरमा बस्न सूचना जारी गरिएको छ ।

नेपाल प्रहरीको सुरक्षा घेरमा भित्र स्थानियवासीलाई राखिएको छ । त्रासपूर्ण अवस्थामा रहेका स्थानियवासीहरुलाई सल्लाह सुझावका लागि गाउँपालिकाबाट स्वास्थ्यकर्मीसहितको हेल्प डेक्स व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष केदार यादबले बताउनु भयो ।

फाल्गुन २८ गते मलेसियाबाट आएको संक्रमित व्यक्ति कहाँबाट संक्रमित भयो र ६६ दिनमा कति जनालाई संक्रमित बनाएको छ भने चिन्तको विषय भएको छ । संक्रमित व्यक्रिको ६ जना परिवार संख्या रहेका छन भने संयुक्त परिवारमा २२ जना रहेका छन । विदेशबाट आएपछि बरियारपट्टी गाउँपालिक रहेको ससुरालीमा गई एक दिन बसेको थियो । लामो समयमा धेरैसँग भेटघाट गरकोले परिक्षण गर्न जटिलो हुनेछ । स्थानियवासीका त्रासलाई ध्यानमा राखि आइतवार देखी परिक्षण सुरु गर्ने तयारी भईरहेको अध्यक्ष यादबले बताए ।

संक्रमितलाई सुरक्षित साथ धनगडीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालमा ल्याइएको छ । लक्षण नदेखिएको र घरपरिवाको शारिरीक कमजोर भएकामा पनि केही नदेखिएकोले विशेष अनुसन्धान हनु पर्ने स्थानियहरुका माग रहेको छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब