श्रीमानको हत्यामाः श्रीमती र उनको प्रेमी प्रकाउ

  • जेठ ५, २०७७ | २७५ पटक पढिएको |
alt

विराटनगर महानगरपालिका–१० मा औषधि व्यवसाय गर्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको हत्यामा श्रीमती र उनको प्रेमी पक्रउ परेको छ । प्रहरीका अनुसार श्रीमतीले प्रेमीसँग मिलेर आफ्नै श्रीमान हत्या गरेको खुलेको हो। हत्यामा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लहान नगरपालिका –११ पडरियाटोलका २१ वर्षीय ब्रहमदेव साहको संलग्नता रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई कर्तव्य ज्यान मुद्दा चलाउन र थप अनुसन्धान अघि बढाउनका लागि पक्राउ गरिसकिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो ।

सुनसरीको खनार घर भएका दुलालले विराटनगर–१० मा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नामको औषधि डिलर सञ्चालन गरेका थिए । त्यही डिलरमा चार वर्षदेखि काम गर्थे साह । त्यस क्रममा श्रीमतीसँग हिमचिम बढेको चाल पाएपछि पाँच महिना अघि दुलालले उनलाई कामबाट निकालिदिएका थिए ।कामबाट निकालिदिए पनि मीनासँगको उनको सम्पर्कले भने निरन्तरता पाइरहेको थियो । त्यो कुरा पनि दुलालले चाल पाएपछि श्रीमान र श्रीमतीबीच झगडा भएको प्रहरीको भनाइ छ । आफूहरुको प्रेममा बाधक बनेको भन्दै मीनाले साह सँग सल्लाह गरेर गत शुक्रबार श्रीमानको हत्या योजना बनाएको प्रहरी स्रोतले जनाएको छ । मीना र साहबीच एक वर्ष देखि प्रेम सम्बन्ध रहेको खुलेको छ ।पूर्व योजनाअनुसार नै दुई जनाले हातमा पञ्जा लगाएर घाँटीमा प्लाष्टिकको डोरीले कसेर हत्या गरेको एसपी अधिकारीको भनाइ छ । शनिबार राति दुलालको घरमा औषधि व्यावसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्ले पुगेका थिए । उनीहरु राति ९ बजे त्यहाँबाट निस्किएका थिए । त्यसपछि राति ११ बजे मीनाले साहलाई बोलाएर दुई जनाले मिलेर दुलालको हत्या गरेको प्रहरीको भनाइ छ ।

ब्रहमदेवले खुट्टा र शरीर थिचेपछि श्रीमतीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घाँटी कसेको थाहा पाएर प्रतिकार गर्ने क्रममा झ्यालमा ठोक्किएर देवीप्रसादको वायाँ आँखामा चोट समेत लागेको प्रहरीको भनाइ छ । सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि आइतबार बिहान ३ बजे अस्पताल पुर्याइएको थियो । अस्पतालमा उनलाई मृत घोषित गर्दै चिकित्सकले मृत्यु संकापद रहेको जनाएपछि घटनाका बारेमा अनुसन्धान थालिएको एसपी अधिकारीले बताउनु भयो।
प्रहरीले घटनामा प्रयोग गरिएको डोरी र पञ्जा विराटनगर–९ स्थित झाडीबाट फेला पारेको छ ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब