ईदको सोमबार सार्वजनिक बिदा

  • जेठ ११, २०७७ | २१० पटक पढिएको |
alt

 मुस्लिम समुदायले आफ्नो महान पर्व ईद उल फित्र भोलि साेमबार मनाउने भएका छन् ।

शनिबार राति चन्द्रमा नदेखिएकाले ईद भोलिमात्र मनाइने नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले जानकारी दिनुभयो । एक महिना लामो व्रत समापन गर्नु अघिल्लो रात आकाशमा चन्द्रमा देखिनुपर्ने नियम रहेकोमा गए राति चन्द्रमा नदेखिएकाले भोलि मात्र मनाइने उहाँले बताउनुभयो ।

भरे राति चन्द्रमा नदेखिए पनि भोलि ईद मनाइने छ । रमजानको व्रत ३० दिनभन्दा लामो नहुने र आज ३० औ दिन भएकाले भरे चन्द्रमा नदेखिए पनि भोलि ईद मनाइने उहाँको भनाइ छ ।

यसैबीच नेपाली जामे मस्जिद राष्ट्रिय मुस्लिम आयोग लगायत संस्था र इस्लाम धर्मका अगुवाहरुले कोरोनाको जोखिम रहेकाले भोलि घरमै नमाज पढेर ईद मनाउन आग्रह गरेका छन् । सरकारले ईदको दिन सर्वाजनिक बिदा दिने घोषणा गरेको छ ।

रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईद उल फित्रका दिन मस्जिदमा गएर सामूहिक नमाज पढ्ने प्रचलन मुसलमान समुदायमा रहेको छ । रमजानको शुरुका दिनमा पनि आयोगले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै घरमै बसेर नमाज पढन् अनुरोध गरेको थियो ।

यस्तै ईदको नमाज पढेपछि छरछिमेकमा पुगेर एकअर्कामा शुभकामना आदानप्रदान गर्ने चलन रहेकोमा यसपटक त्यो चलनको पालना नगर्न मुस्लिम आयोगले जनाएको छ ।

इस्लाम धर्मावलम्बीले रमजान महिनामा दिनभर निराहार व्रत अर्थात् रोजा बसेर नमाज पढछन् । रमजानको अन्तिम दिन ईद उल फित्र नमाज अदा गरेपछि एक महिना लामो उपवास समापन गर्ने गरिन्छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब