खरटोेका नाकाबाट दैनिक ५० भन्दा बढी नेपाली भित्रिदै, व्यवस्थापन गर्न सिरहा नपालाई चुनौती

  • जेठ ११, २०७७ | १,३०५ पटक पढिएको |
alt

सिरहा । भारतबाट सिरहाको खरटोका नाकाहुदैँ दैनिक ५० देखि १०० जनाका भिड नेपाल भित्रि रहेको छ । भारतको लामो दुरीको रेल जायनगर सम्म आउने भएकोले विभिन्न कार्याका लागि भारत गएका नेपालीहरु सिरहा नाका प्रयोग गरी नेपाल भित्रि रहेको छ ।

तिनवाट क्वारेन्टाइन संचालन गरेको सिरहा नगरपालिकालाई दैनिक रुपमा भित्रिने नेपाली नागरिकलाई व्यवस्थापन गर्न खानपान देखि औषधी उपचार सम्मका विभिन्न चुनौतीहरु भईरहेको छ । लामो यात्रा गरी आएकाहरुसँग विभिन्न किसिमका समस्या भएकाले नगरपालिकालाई पूर्ण रुपमा व्यवस्थापन गर्न आर्थिक भार बढी भईरहेको छ । नगरपालिकाका विभिन्न शिर्षकहरुबाट क्वारेन्टाइन व्यवस्थापनका लागि छुट्टयाएको बजेटले पुग्न नसिकिने अवस्था देखिएको छ भने आर्थिक संकट श्रृजना हुने सम्भावना रहेको सिरहा नगरपालका प्रशासकिय प्रमुख बलिराम यादबले जानकारी दिनु भयो ।

क्वारेन्टाइनमा चाप बढी रहदाँ आफ्ना नागरिकलाई व्यवस्थापन गर्न विभिन्न स्थानियतहको सरकारलाई पत्रचार गरी जानकारी गराएपनि दुई देखि तिन दिनमा मात्र सम्पर्कमा आउने कारणले गर्दा क्वारेन्टाइन व्यवस्थापन गर्न थप जटिल हुने गरेको छ । आर्थिक रुपमा कमजोर अवस्था तिर गईरहेको सिरहा नगरपालिकालाई संघिय तथा प्रदेश सरकारले सहयोग गर्नु पर्ने आवश्यकता रहेको यादबले बताउनु भयो ।

हाल सिरहा नगरपालिकाको क्वारेन्टाइनमा १ सय ९५ जना रहेका छन । क्वारेनटाइन भित्र खटिएका ५० जान कर्मचारी लगायत २५० जनाका दैनिक २ छाक खाना, २ छाक नास्ता, औषधी उपचार र बसाईको सम्पूर्ण व्यवस्थापन गरिरहेको विपद व्यवस्थापन समिति संयोजक सुरेश चोरवार यादबले बताउनु भयो ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब