सिरहामा लागु औषधसहित युवक पक्राउ

  • जेठ १२, २०७७ | ६२० पटक पढिएको |
alt

सिरहा । भारतबाट प्रतिबन्धित लागु औषध र गुट्खा नेपाल ल्याउँदै गर्दा सिराहामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिराहा नगरपालिका– १७ लचक टोलमा सशस्त्र प्रहरीको टोलीले कोरेक्स र गुट्खासहित पक्राउ गरेको हो ।

हावाहुरी चलिरहेका बेला लचकाटोलका २० वर्षीय विजयलाल पासवानले कोरेक्स र विभिन्न नामका गुट्खा ल्याउँदै गर्दा पक्राउ परेको सशस्त्र प्रहरी बल बोर्डर आउट माडरका सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले बताउनुभयो ।

पक्राउ परेका पासवानसँग बोरामा राखिएको ८० बोतल प्रतिबन्धित लागु औषध कोरेक्स, राज निवास गुट्खा एक सय ६८ प्याकेट, बिगबोस गुट्खा २९ प्याकेट र ठुलो अगरबत्ती १७ प्याकेट बरामद भएको प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो । बरामद गरिएको गुट्खा ४३ हजार पाँच सय मूल्य बराबरको भएको प्रहरीले जनाएको छ ।

गुट्खा सिराहा भन्सार कार्यालयमा बुझाइएको र लागु औषध कोरेक्ससहित पासवानलाई जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान गर्न बुझाइएको हो ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब