लहान सप्तऋषि अस्पतालमा मृत्यु भएको महिला कोरोना संक्रमित भएको आशंका

  • जेठ १२, २०७७ | २,६३३ पटक पढिएको |
alt

सिरहा । सिरहाको लहान नगरपालिकास्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा एक महिलाको शङ्कास्पद निधन भएको छ । उनको कोरोना संक्रमणका कारण निधन भएको आशंका गरिएको छ ।

जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले भने, ‘मृतक महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि हामीले पुनः महिलाको घरमै पुगेर ती महिलाको घाँटीको स्वाब र उनको श्रीमानसहित परिवारका आठ जन सदस्यहरुको स्वाब लिएर धरान पठाएका छौं ।’

उनका अनुसार मृतक महिलाका पति लकडाउन सुरु हुनुभन्दा केही दिन अगाडि भारतको बैंगलोरबाट आएको कुरा प्रारम्भिक छानवीनबाट खुल्न आएको छ ।

‘महिलाको मृत्यु शङ्कास्पद नै देखिएकोले हामीले परिवारबाहेक कसैलाई पनि उनको शव छुनसम्म दिएका छैनौ ।’ सुखिपुर नगरपालिकाका नगर प्रमुख रामअवतार यादवले भने, ‘अहिले परिवारले नै ती महिलाको सद्गत गर्ने र सद्गतपछि परिवारका सम्पूर्ण सदस्यलाई होम क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ ।’

मृतक महिलाको स्वाबको परीक्षण प्रतिवेदन नआएसम्म लहानस्थित सप्तऋषि अस्पताललाई कुनै पनि विरामीको उपचार नगर्न र त्यहाँ रहेका स्वास्थ्यकर्मी तथा विरामीलाई अस्पतालभित्रै राख्ने निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

कसरी भयो महिलाको मृत्यु ?

सिरहाको सुखिपुर नगरपालिका ४ स्थित पोखरियाकी ३७ वर्षीया उक्त महिलालाई तल्लो पेट दुखेको भन्दै जेठ १० गते लहानस्थित सप्तऋषि अस्पताल ल्याइएको थियो । स्वास्थ्यकर्मीले ती महिलाको पिसाबको परीक्षण गरेपछि पिसाबमा इन्फेक्सन भएको भन्दै औषधि चलाएका थिए । औषधि खाएको केही बेरमै ती महिलाको तल्लो पेट दुख्ने समस्या निको भयो ।

तल्लो पेट दुख्ने समस्याको समाधान भएपनि चिकित्सकहरुले ती महिलाको पेटको भिडियो एक्स–रे गर्ने निधो गरे । तर, शनिवार भएकाले उक्त दिन भिडियो एक्स–रे गर्ने प्राविधिक आएन, त्यसैले ती महिलालाई उक्त दिन अस्पतालमै राखियो ।

सोही दिन राति ती महिलालाई करीब ९ः०० बजेतिर स्वासप्रश्वासमा समस्या भयो । स्वास्थ्यकर्मीले अक्सिजन लगाएर औषधि दिएपछि केही मात्रामा उनी राति नै हिडडुल गर्न सक्ने भएकी थिइन् ।

भोलिपल्ट आइतबार विहान ११ बजेको समयमा उक्त महिलालाई पुनः स्वास फेर्न गाह्रो भयो । उनलाई सास फेर्न समस्या भएपछि अस्पतालले उनको छात्तीको एक्स–रे ग¥यो ।

एक्स–रे गर्दा ती महिलामा निमोनिया देखिएपछि उनलाई निमोनियाको औषधी दिइयो । औषधि दिएपछि उनलाई विस्तारै ठीक हुँदै गए पनि पूर्ण रुपमा निको नभएको पाइएपछि उनलाई अस्पतालमै राखियो ।
यसैक्रममा आइतबार राति ९ः०० बजेबाट ती महिलाको दम फुलेर स्वासप्रस्वासमा निकै कठिनाई भयो र रात १०ः५० बजे उनको निधन भयो ।

‘तल्लो पेट दुखेर अस्पताल ल्याइएकी ती महिलामा निमोनिया देखिएको र बचाउने प्रयास गर्दा गर्दै स्वासप्रश्वासमा निकै समस्या भएपछि उनको निधन भयो । त्यसपछि हामी पनि ससंकित भयौं ।

उपचारमा संलग्न चिकित्सक डा. सञ्जीव साहले भने, ‘ती महिलाको निमोनिया र स्वासप्रस्वासकै कारण निधन भएपछि एकपटक कोरोना परीक्षण गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुग्यौं र स्वास्थ्य कार्यालयलाई खबर ग¥यौं ।’

घटनाको जानकारी पाएपछि स्वास्थ्य कार्यालयले सोमबार विहानै ती महिलाको आरडीटी परीक्षण ग¥यो, तर आरडीटी नेगेटिभ आएकाले ती महिलालाई आफन्तको जिम्मा लगाई घर पठाइएको जनाइएको छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब