हावाहुरीले प्रहरीचौकीको घर भत्कियो

  • जेठ १४, २०७७ | २०४ पटक पढिएको |
alt

सिरहा । धनुषाको बटेश्वर गाउँपालिका स्थित रहेको बटेश्वर प्रहरीचौकीको एउटा घर भत्किएको छ । भान्साकोठा, मोटरसाइकल राख्ने कोठा तथा प्रतिक्षालय समेत रहेको काठको घर बुधबार बिहान भत्किएको हो ।

हावाहुरीसहित वर्षा आएको केहि बेरमै एक्कासी घर भत्किएपछि भान्छाको ठाको समाना र तीनवटा मोटरसाईकलमा क्षति पुगेको चौकीका ईन्चार्ज असई शिवशंकर यादवले बताए । त्यति बेला सो घरमा कोहि नभएको मानवीय क्षति टलेको उनको भनाइ छ ।

सो घरमा पर्किंग गरि राखिएको चौकीको बा २ ब ८७२०, निजी प्रदेश २–०३००२ प ५४०७ र बी.आर.०५ एस.७५५८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा क्षति पुगेको जनाएको छ ।

भान्छाकोठा, प्रतिक्षालय र सवारी राख्ने घर नै भत्किएपछि चौकीमा खान,बस्ने, तथा आगन्तुकलाई उठबस गर्न समेत समस्या भएको छ । बटेश्वर प्रहरीचौकी झण्डै १० वर्षदेखि बटेश्वर स्थित साझा सहकारी संस्था लिमिटेडको भवनमा रहेको छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब