प्रदेश २ मा कोरोना भाइरस संक्रमितको संख्या ३२६ पुग्यो

  • जेठ १४, २०७७ | २२३ पटक पढिएको |
alt

सिरहा । सप्तरीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीको बोदे बरसाइन नगरपालिकाका ४७ वर्षीय पुरुष र विष्णुपुर गाउँपालिकाका ३२ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३ सय २६ पुगेको छ भने देशभरिरमा ८ सय ८६ पुगेको हो ।

बुधबार अपराहन्न ४ बजेसम्म पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ५६ जना कोरोना संक्रमित फेला परेका छन् । रौतहटमा ३५, बारामा ८, सप्तरीमा ११ जना र सिरहा जिल्लामा २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा रौतहटको चपुरन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका वृन्दावन नगरपालिकाका ७ जना, इशानाथ नगरपालिकाका १६ जना, गौर नगरपालिकाका ८ जना, कटहरिना नगरपालिकाका २ जना र देवाही गोनही नगरपालिकिाका २ जनामा गरी ३५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार संक्रण पुष्टि भएका सबै भारतको विभिन्न स्थानमा मजदुरी गर्न गएर घर स्वदेश फर्किएकाहरु रहेको रौतहटका स्वास्थ्य कार्यालय प्रमुख महेश साहले बताए ।

यस्तै बाराको पचरौता नगरपालिका वडा नं. १ को क्वारेन्टाइनमा एकजना महिला सहित ८ जनामा कोरोना पुष्टि भएको छ । जस मध्ये एकजना रौतहट जिल्ला घर भइ सो क्वारेन्टाइनमा काम गर्ने स्वास्थ्यकर्मी रहेका छन् भने अन्य सबै भारतबाट आएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

सप्तरीका फेला परेका ११ जना संक्रमित बलान बिहुला गाउँपालिका १७ वर्षीय महिला र २९ वर्षीय पुरुष, बोदेवर्र्साई नगरपालिकामा १८ वर्षका एकजना,१९ वर्षका २ जना, २० वर्षका २ जना,२१,२८ र ५१ वर्षका तीनजना, सुरुंगा नगरपालिकाका २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सप्तरीमा फेला परेका संक्रमित अधिकांश भारतबाटै आएका छन् ।

यस्तै सिरहामा पुष्टि भएका दुबैजना जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत्त सुरक्षाकर्मी रहेका छन् । दुबैजना जिल्ला प्रहरी उपरीक्षकका एकजना सुरक्षा गार्ड र अर्का सवारीचालक रहेको जनाइएको छ ।
प्रदेश भरिमा आजसम्म भेटिएका ३ सय २६ कोरोना संक्रमित मध्ये ९३ जना उपचार पश्चात कोरोनामुक्त भएर घर फर्केका छन् ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब