प्रदेश सभाका ५ जना मर्यादापालकमा कोरोना पुष्टि, " प्रदेशसभा बैठक अनिश्चित समय सम्मको लागि स्थगित"

  • जेठ २२, २०७७ | २३९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । कोरोना परीक्षणमा प्रदेश २ को प्रदेशसभाका ५ जना मर्यादापालक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै बिहीबार प्रदेश २ मा १०२ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेशसभाका सांसद, कर्मचारी र सुरक्षाकर्मीको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु नेपाल प्रहरीका कर्मचारी रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । संक्रमित पाँचै जनालाई आइसोलेसनमा राखिएको प्रजिअ निरौलाले बताए ।

चौथो अधिवेशन अह्वान गर्नु अघि प्रदेशसभाका सभामुख, उपसभामुख, सबै सांसद, कर्माचारी र सुरक्षाकर्मीको पीसीअार परिक्षण गरिएको छ । सांसद र कर्मचारीहरुको पीसीअार रिपोर्ट मंगलबारसम्म अाएको थियो । उनीहरु सबैको रिपोर्ट निगेटिभ अाएपछि बुधबार प्रदेशसभम बैठक सुरु भएको थियो । तर बिहीबार अाएको रिपोर्टमा पाँचजना सुरक्षाकर्मी र मर्यादापालकमा कोरोना देखिएपछि निर्धारित बैठक स्थगित भएको जनाको छ ।

प्रदेशसभाका मर्यादापालकमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशसभा बैठक अनिश्चित समय सम्मको लागि स्थगित  भएको छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब