जनकपुरमा व्यापारीलाई कुटपिट गर्ने प्रहरी माथि कारबाही

  • जेठ २२, २०७७ | ३०१ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । जनकपरधाममा व्यापारीहरुसँग दुर्व्यव्यहार गर्ने दुईजना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।

लकडाउन पालन गराउन बजारमा पुगेका प्रहरीले बिहीबार जनकपुरधामको जानकी मन्दिर नजिक स्थानीय व्यापारी श्याम चौधरी र उनका बुवा झगरु चौधरीलाई कुटपिट गर्ने दुईजना प्रहरी प्रदेश कार्यालय जनकपुरमा तानिएको प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।

लकडाउन पालन गराउने क्रममा प्रहरीकै त्रुटि देखिएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक मेरुलाल गुप्ता र प्रहरी जवान दिपक यादवलाई २ नम्बर प्रदेश प्रहरीमा तानिएको प्रदेश प्रहरीका प्रमुख डिआईजी सिंहले बताए ।

‘आज जानकी मन्दिर नजिक स्थानिय व्यापारीसँग जुन व्यवहार भयो त्यसमा प्रहरीकै त्रुटि देखिएपछि दुई जनालाई कारवाहीको लागि प्रदेशमा तानिएको छ र प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाको नेतृत्वमा छानविन समिती गठन गरिएको छ’, उनले भने ।

यसअघि बुधबार मात्र सर्लाहीमा कार्यरत प्रहरीले तस्करलाई सघाएको प्रमाणित भएपछि एकजना असईसहित चारजना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको थियो ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब