लकडाउनमा बजार खोल्न नदिने निर्णय

  • जेठ २३, २०७७ | ३५२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं – अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न नदिने निर्णय भएको छ । उपत्यका भित्रका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बिहीवार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । 

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चैत ११ यता निरन्तर बन्दाबन्दी हुँदै आएको छ । अत्यावश्यक वस्तुु तथा सेवाबाहेक बजार पसल खुल्न नसकेपछि व्यवसायीले बजार खोल्न दबाब दिँदै आएका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, ‘सरकारले अर्को निर्णय नगरेसम्म बन्दाबन्दीमा बजार तथा पसल खोल्न मिल्दैन त्यसका लागि सरकारको निर्णय नै आउनुपर्छ ।’

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले व्यापार व्यवसाय सञ्चालनका सम्बन्धमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा छलफल पछि मात्र यो विषयको प्रक्रिया अगाडि बढ्ने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् । 

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब