बजेटमा पुराना योजनाको भुक्तानी प्राथमिकतामा राख्न माग

  • जेठ २३, २०७७ | ३१० पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । प्रदेश २ का सांसदले आगामी आर्थिक बर्षको बजेटमा गत बर्षको भुक्तानीलाई प्राथमिकतामा राख्न माग गरेका छन् । उनीहरुले आगामी आर्थिक बर्षको बजेटमा पनि गत बर्ष सम्पन्न गरिएका योजनाको भुक्तानी नगरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रदेश सभामा शुक्रबार भएको विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै विपक्षीका साथै सत्ता पक्षका सांसद समेतले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेटमा आर्थिक बर्ष २०७५/७६ मा सम्पन्न गरिएका योजनाको भुक्तानी समावेश गराउन उनीहरुले माग गरेका छन् ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रस्तुत गरेको विनियोजन विधेयकको २५ नम्बर बुँदामा गत आर्थिक बर्षको बजेटलाई समावेश गरिएको भन्दै सांसदहरुले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

सत्तारुढ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रमुख सचेतक परमेश्वर साहले भुक्तानीको विषयलाई सबैभन्दा तल राखेर सरकारले प्राथमिकतामा नराखेको छर्लङ्ग देखिएको बताए ।

राजपाकी सांसद सुरिता कुमारी साहले भुक्तानी नभएका कारण सदन समेत एक बर्षदेखि अवरुद्ध हुँदै आएकाले यसमा अब नजर अन्दाज गर्न नहुने बताए ।

समाजवादी पार्टीका उपनेता रामाशिष यादवले गत बर्षको भुक्तानी नभएको बिषयमा सरकार सामु ठूलो प्रश्न चिन्ह खडा भएको भन्दै उनले अब भुक्तानी दिन बिलम्ब गर्न नहुने बताए । उनले असारमा बजेट खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै फागुनदेखि नै काम शुरु गर्नुपर्ने समेत बताए ।

समाजवादी पार्टीकै सांसद अशोक यादवले सबै प्रकृया पूरा भए पनि भुक्तानी नदिने कर्मचारीलाई विदाई गर्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शत्रुद्यन महतोले सबै प्रकृया पूरा भइसक्दा समेत भुक्तानी दिन आलटाल गर्नु ठीक नभएको बताए ।

शुक्रबारको बैठकमा बस्ने अधिकांस सांसदले भुक्तानीमै जोड् दिएका छन् । उनीहरुले कोरोनाबिरुद्ध लड्ने कुरा र गत बर्ष सम्पन्न गरिएका योजनालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

आर्थिक बर्ष २०७५/७६ मा सम्पन्न भएका ८ सय ४२ योजनाको झण्डै ९१ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

सत्तारुढ सांसदले भनिन् –आफ्नै सरकारमाथिको भरोसा हट्यो

शुक्रबारको बैठकमा सत्तारुढ दल समाजवादीकी सांसद करिमा बेगमले हिन्दी भाषामा एउटा टुक्का सुनाइन् भने एउटा गीत पनि गाइन् । उनको टुक्का थियो, ‘हमे तो अपनो ने लुटा गैरोमे कहाँ दम था मेरी किस्ती थी डुबी वहाँ जहाँ पानी कम था ।’

उनले गीत गाइन, ‘हम थे जिनके सहारे, ओ हुए ना हमारे…।’

गीतको अर्थ प्रष्टयाउँदै उनले भनिन्, ‘हामी जसको भरोसा गरेका थियौं, ती हाम्रो हुन सकेनन् ।’

अनि, ‘आफ्नैले लुट्यो अरुसँग कहाँ थियो पावर’ भन्दै टुक्का अर्थ्याइन् ।

उनले प्रदेशका जनता भोकले मर्न लाग्दा समेत प्रदेश सरकारले केही गर्न नसकेको आरोप लगाइन् ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब