सिरहामा पनि विश्व बाताबरण दिवस मनाइयो

  • जेठ २३, २०७७ | ८८२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । BMZ/VCA र WHH को सहयोग मा सबल नेपाल द्वारा सन्चालित वाश परियोजना ले सिरहा जिल्ला को सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिकाका विभिन्न ठाउँहरुमा कार्यक्रम गरि विश्व बाताबरण दिवस मनाएको छ।

सबल नेपाल का प्रबन्ध निर्देशक तथा वाश परियोजना ब्यबस्थापक दिपक कुमार झाले वातावरण दिवस संगै आजबाट एकहप्ता सम्म यस परियोजनाले बिभिन्न कार्यक्रम गरि सरसफाई सप्ताह सुरु गर्न लागेको बताउनु भएकोछ। बातावरण प्रदुषण ले बातावरण मा रहेका जैविक तथा अजैविक अबयबहरु बीचको अन्तरसम्बन्ध तथा अन्तरक्रिया मा प्रतक्ष्य प्रभाव पर्न थालेकोले हावा, पानी माटो लगायत सम्पूर्ण प्राकृतिक श्रोतहरुमा क्षति पुग्न थालेको भन्दै सबल नेपालका वाश परियोजना संयोजक केशब राज पन्तले वाताबरण संरक्षण आज को अपरिहार्यता भएको बताउनु भयो।

स्वच्छ बाताबरण बिना स्वस्थ समाज को परिकल्पना सम्भब नहुने भन्दै परियोजनाका उधम विकास अधिकृत सन्तोष भण्डारी ले अहिले को युवा पुस्ताले वातावरणमा आएको परिवर्तन बाट भागेर जान नसक्ने भन्दै चुनौतिका बीच अवसर को खोजि गर्दै समाजिक विकासमा जोड दिनु पर्ने बताए।  सरसफाई र स्वस्छता को विकास का लागि जनचेतना अभिबृदी मा जोड दिदै आएको यस परियोजना ले वातावरण दिवसको उपलक्ष्य मा परियोजनाका वाश अधिकृतहरु  ममता बर्मा, अर्चना यादव र शशांक खतिवडा को आगुवाई मा सिरहा जिल्लाको सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिका का विभिन्न ठाउँ हरु मा बृक्षारोपण तथा सरसफाई कार्यक्रम गरेको छ।

दिगो रुपमा खानेपानी व्यवस्था गर्न वातावरणको दिगो बिकाश आवश्यक भएको भन्दै परियोजनाका  प्राबिधिक वाश अधिकृत ई. नितिश झा ले भौतिक श्रोत साधन को विकास संगै वातावरण विकास आजको आवश्यकता भएको बताउनु भयो। यसका साथै यस परियोजनाले कोभिड -१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि  सिरहा जिल्लाको भारत संग सिमा जोडिएको मार्डर र ठाडी नाका तथा नगरपालिकाहरु ले सन्चालन गरेका क्वारेन्टिनमा वाश स्टेशन निर्माण र जडान गर्ने कार्यलाई तिब्रता दिएकोछ।

2 1

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब