आरडीटी गरेर घर पठाएका ८७ जनामा कोरोना संक्रमण

  • जेठ २४, २०७७ | २८१ पटक पढिएको | सीमा संदेश
alt

दैलेख । भारतबाट घर फर्किएकाहरू बढेपछि जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले १० दिन क्वारेन्टिनमा बसेकाहरूलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरेर घर पठाउने निर्णय गर्‍यो ।

नारायण नगरपालिकाले पनि नारायण क्याम्पस र माविको क्वारेन्टिनमा रहेकाहरूको आरडीटी टेस्ट गर्दै ८२२ जनालाई घर पठायो । तर शुक्रबार एकै पटक १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आयो । त्यसमा आरडीटी नेगेटिभ आएको भनेर घर पठाइएका ८७ जनाको नाम समेत छ ।

अब नगरपालिकाले उनीहरूको खोजी थालेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्का भन्छन्, ‘उनीहरू ५/६ वटा वडाका थिए । संक्रमण पुष्टि भएका केही ‘आइसोलेसन’मा छन् । अझै ४५ जना आउन बाँकी छन् ।’

आइसोलेसन भनिए पनि सम्पर्कमा आएकाहरूलाई पनि यसअघिको क्वारेन्टिन स्थलमा राखिएको हो ।

मेयर रत्नबहादुर खड्काका अनुसार संक्रमण पुष्टि भएका २१ जनालाई महेन्द्र माविको क्वारेन्टिनमा राखिएको छ भने केहीलाई डाँडागाउँको प्राविमा राखिएको छ । संक्रमितको सख्ंया धेरै भएकाले आइसोलेसन बेड बनाउन सम्भव छैन । त्यसले यसअघिका क्वारेन्टिन स्थलहरूमा राख्न थालिएको हो ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निरन्जन पन्तले केन्द्रीय निर्णयअनुसार नै आरडीटी गरेको घर पठाएको तर उनीहरूकै पीसीआर पोजेटिभ आएको बताए । क्वारेन्टिन नै कोरोना संक्रमण सर्ने स्थान जस्तो हुन लागेपछि केन्द्रले आरडीटी गरेर घर पठाउने निर्णय गरेको हुन सक्ने उनको तर्क छ ।

तर आरडीटी गरेर घर पठाएका ठूलो संख्यामा नै संक्रमण पुष्टि हुनुले त्यो निर्णय सही थियो त भन्ने प्रश्न उठेन भन्ने प्रश्नमा उनले भने, ‘प्रश्न त उठेको छ ।’

जनस्वास्थ्य विज्ञहरूले भने यसलाई जनस्वास्थ्यमाथि सरकारको खेलवाड भनेका छन् ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब