देशभरका ३ हजार विद्यालयमा क्वारेन्टाइन

  • जेठ २५, २०७७ | ५३० पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । देशभरका १५ प्रतिशत विद्यालयमा क्वारेन्टाइन राखिएको छ । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले तयार पारेको तथ्यांकअनुसार देशभरका करिब ३ हजार सामुदायिक विद्यालयमा सरकारले क्वारेन्टाइन निर्माण गरेको छ ।

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेका छन् भने कर्णाली प्रदेशका ९ सय ८१ विद्यालयमा क्वारेन्टाइन छन् । केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशका विद्यालयमा क्वारेन्टाइन रहेको जानकारी दिनुभयो ।

यसमध्ये कर्णाली प्रदेशमा ४ सय ६६, ५ मा ८ सय, गण्डकी प्रदेशमा २ सय, बाग्मतीमा १ सय ५०, १ मा २ सय र प्रदेश २ मा करिब ३ सय विद्यालयका क्वारेन्टाइन सञ्चालन गरिएको छ । केन्द्रले शुक्रबार सबै प्रदेशको कोभिड रेस्पोन्ट कार्यदलको बैठकले सो तथ्यांक निकालेको हो ।

उपमहानिर्देशक श्रेष्ठले सामुदायिक विद्यालयमा क्वारेन्टाइन राख्ने क्रम बढेको जानकारी दिनुभयो । अनुमान गरेअनुसार अहिलेसम्म करिब ३ हजार विद्यालयमा क्यारेन्टाइन रहेको र यो क्रम बढ्ने अवस्थामा रहेको उहाँको भनाइ छ ।

भक्तपुरमा प्रहरी कार्यालयसमेत विद्यालयमा राखिएको छ । सुरक्षित र सुविधा सम्पन्न हुने भएकाले अधिकांश स्थानीय तहले विद्यालयमा क्वारेन्टाइन राख्ने गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एक साताभित्र एसईई, कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गरिरहँदा देशभर ३ हजार विद्यालयमा क्वारेन्टाइन रहेपछि कसरी परीक्षा सञ्चालन गर्न सकिन्छ भन्ने विषय अन्योल देखिएको छ । मन्त्री पोखरेलले हचुवाको भरमा अध्ययन नै नगरी एक साताभित्र तीनवटा तहको परीक्षा सञ्चालन गर्ने बताउँदै आउनुभएको छ ।

दिनदिनै कोरोना संक्रमितको संख्या बढेसँगै विद्यालयलाई क्वारेन्टाइन बनाउने क्रम बढेको छ । यही अवस्था भएमा एक साताभित्र करिब २५ प्रतिशत विद्यालय क्वारेन्टाइनमा परिवर्तन हुन सक्ने आँकलन प्रदेशको कोभिड रेस्पोन्स टिमले लिएको छ ।

हाल क्वारेन्टाइन रहेका विद्यालयमध्ये अधिकांशमा परीक्षा केन्द्र कायम गरिएको छ । दिनदिनै कोरोना संक्रमित बढी रहेको अवस्थामा तत्काल कसरी परीक्षा सञ्चालन गर्ने भन्ने विषय अन्योल देखिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले समेत अहिलेको अवस्थामा परीक्षा गर्न सम्भव नरहेको बताउँदै आएको छ । तर, मन्त्री पोखरेलले भौतिक दूरी कायम गरी विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर परीक्षा सञ्चालन गर्ने बताउँदै आउनुभएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले प्रायः सबै प्रदेश सरकारले विद्यालयलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्दैै आएको जानकारी गराउँदै अझै बढ्ने क्रम रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘दैनिक २ हजारभन्दा बढी नेपाली भारतको सीमाबाट नेपाल भित्रिएका छन् उनीहरू सबैलाई स्थानीय तहले विद्यालयमा निर्माण गरेको क्वारेन्टाइनमा राख्ने गरिएको छ ।’ मन्त्रालयले दैनिकजसो प्रदेश सरकारले नयाँ विद्यालयलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरेका छन् ।

चापाकल खरीदमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाक ...

२६ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा स ...

मधेस प्रदेशमा ३० करोड खर्चिएर ६ वटा मात्रै विधेयक

 मधेस प्रदेशसभाले पछिल्लो एक वर्षमा ३० करोड रुपैया ...

भदौ २ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब