प्रदेश २ को समाजिक विकास मन्त्रालयमा अख्तियारको छापा

  • जेठ २५, २०७७ | ५८८ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को समाजिक विकास मन्त्रालयमा छपामारी गरेको छ । कोरोना सम्बन्धी मिडिया ब्रिफिंग र स्वास्थ्य सामग्री खरिदमा व्यापक अनियमितता भएको गुनासो बढेपछि अख्तियारले आइतबार मन्त्रालयमा छापा मारेको हो ।

मिडिया ब्रिफिङ र अपूर्ति महाशाखा अन्तर्गतका सम्पूर्ण कागजातहरु मन्त्रालयकाबाट नियन्त्रणमा लिएको आयोगको क्षेत्रिय कार्यालय बर्दिवासले जनाएको छ ।

स्रोतका अनुसार प्रदेश सरकारले संचालन गरेको मिडिया ब्रिफिङमा सरकारले दैनिक रुपमा करिब २ लाख रुपैयाँ खर्च गर्दै आएको छ । यस्तै, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत् गरिएको स्वास्थ्य सुरक्षा समाग्री खरीदमा बजारमूल्य भन्दा बढीमा खरीद गरेको भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको छ । यस अघि पनि प्रदेश २ को समाजिक विकास मन्त्रालयका अन्तर्गत रहेको स्वास्थ्य निर्देशनालयबाट औषधि तथा स्वास्थ्य सामग्र र उपकरण खरिदमा ५ करोडभन्दा बढी रुपैयाँ भ्रष्टाचार भएको थियो ।

समाजिक विकास मन्त्रीले प्रत्यक योजना र खरिदमा ३० प्रतिशतसम्म कमिसन लिएर मन्त्रालय र निर्देशनालयका कर्मचारीलाई समेत भ्रष्टाचार गर्न सघाएको खुलासा भएको थियो ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब