कोरोनाको कारणबाट मात्रै १५ जनाको निधन भएको हैन : प्रधानमन्त्री ओली

  • जेठ २८, २०७७ | २४७ पटक पढिएको | सीमा संदेश
alt

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाको कारणबाट मात्रै १५ जनाको निधन नभएको बताएका छन् ।

बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले उनीहरुलाई पहिले नै कुनै रोगले च्यापेको कारण मृत्यु भएको बताए । कतिपयको उपचार गर्ने बेला कोरोना नदेखिएको र मृत्युपछि कोरोना संक्रमण पाइएको पनि उल्लेख गरे । 

उनले ८५ प्रतिशत नेपाली भारतबाट आएकामा कोरोना संक्रमण देखिएको बताए । 

नेपालमा ४ हजार ८५ जनामा कोरोना देखिएको बताउँदै उनले ५ सय जना निको भएर घर फर्किएको पनि बताए । नेपालमा निको भएर घर फर्कनेको संख्या राम्रो रहेको उनले उल्लेख गरे । 

यस्तै विदेशका विभिन्न मुलुकमा रहेका १४ हजार ४ सय  जना नेपालमा कोरोना संक्रमण भएको र १३ मुलुकमा १ सय २७ नेपालीको मृत्यु भएको पनि प्रधानमन्त्रीले जानकारी गराए । 

अहिले दैनिक ५ हजार परीक्षण भइरहेको बताउँदै स्वाव निकालेर परीक्षण गर्नुपर्ने संख्या ठूलो रहेकाले पीसीआर मेसिन, किटहरु विभिन्न देशबाट ल्याउन सरकारले पहल गरिरहेको बताए ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब