प्रदेश २ मा कोरोनाबाट थप २ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १८ पुग्यो

  • जेठ ३१, २०७७ | २५० पटक पढिएको | सीमा संदेश
alt

प्रदेश २ मा कोरोना भाइरसबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पर्सामा गएको बिहीबार मृत्यु भएका बेवारिसे मृतकको शव र शुक्रबार मृत्यु भएका बाराको निजगढका पाँच वर्षीय बालकमा कोरोना पुष्टि भएको हो ।

योसंगै प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने नेपालमा कूल मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

प्रदेश २ मा शनिबार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १ सय १ जना पुरुष र ६ जना महिलामा कोरोना संक्रमित भएका छन् । जसमा कम उमेरका डेढ र तीन वर्षका बालबालिका समेत छन् ।

शनिबार रौतहटमा सबैभन्दा बढी ९० जनामा पुष्टि भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाले जानकारी दिए ।

यस्तै सर्लाहीमा ११ जना, पर्सामा ५ जना र महोत्तरीमा १ जना कोरोना संक्रमित थपिएको जनस्वास्थ्य अधिकृत विजय झाले बताए । प्रदेश २ मा कूल ४ सय ३७ जना उपचारपछि निको भएका छन् ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब