सिरहामा हाल सम्म ६४ जनामा कोरोना भाइरस संक्रमण, ३४२ जनाको रिर्पोट आउन बाँकी

  • असार १, २०७७ | ३०५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा १ हजार ८ सय ४९ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाईएको छ ।

 जेष्ठ ३२ गते सम्म सर्वजनिक गरिएको रिर्पोटमा ६४ जना पोजेटिभ र १४४३ जनाको निगेटिभ गरी कुल १५०७ जनाको परिक्षण रिर्पोट सर्वजनिक गरिएको छ । कुल ३४२ जनाको रिर्पोट अहिले पनि आउन बाँकी रहेको छ ।

अरडिटी किटबाट जिल्ला भरीमा कुल १८७७ जनाको परिक्षण गरिएको छ । परिक्षण गरिएकोमा कुल १७९४ जनाको रिर्पोट निगेटिभ आएको छ भने कुल ८३ जनामा पोजेटिभ देखिएको छ।

अरडिटी परिक्षण रिर्पोट पोजटिभ आएकोलाई कोरोना भाइरस संक्रमित घोषण गरिएको छैन । पिसिआर परिक्षणका लागि स्वाब संकलन गरी काठमाडौ पाठएको छ । पिसिआर रिर्पोट पोजेटिभ आएपछि मात्र कोरोना संक्रमित घोषण हुने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादबले बताउनु भयो । 

जिल्लाभरीको संस्थागत क्वारेन्टाइनमा कुल १२७४ जना रहेका छन ।  होम क्वारेन्टाइनमा कुल ५९८ जना रहेको छ भने आईसुलेशनमा कुल ५९ जनाको उपचार भईरहेको छ । भारतबाट आउने संख्या क्रमिक रुपमा घटेपछि संस्थागत क्वारेन्टाइनमा बस्ने संख्या पनि घटिरहेको छ ।

सिरहामा हाल सम्म कोरोना भाइरस संक्रमितको संख्या ६४ पुगेको छ । २० जनाले कोरोनाबाट निक भई घर फर्केको छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब