सिरहामा थप ६ जना कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या २६ पुग्यो

  • असार २, २०७७ | ५७१ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिराहा । धनगढी नगरपालिका– ११ महेन्द्र गेनाई अस्थायी कोरोना अस्पताल (आइसोलेसन) बाट ६ जना निको भएर घर फर्किएका छन् । सिराहाको लहान नगरपालिकाका चारजना, धनगढीमाई नगरपालिका र कल्याणपुर नगरपालिकाका १–१ जना कोरोना जितेर मंगलबार घर फर्किएको आइसोलेसन इन्चार्ज डा. सुभाषचन्द्र मण्डलले बताए । 

लहान नगरपालिकाका चारजना र कल्याणपुर नगरपालिकाका एकजनामा  जेठ १७ गते स्वाब संकलनको रिपाेर्ट कोरोना भएको पुष्टि भएको थियो । यस्तै धनगढीमाई नगरपालिकाकालाई जेठ २१ गतेको रिपाेर्टमा कोरोना भएको पुष्टि भएपछि महेन्द्र गेनाई आइसोलेसन वार्डमा राखिएको डा. मण्डलले बताए ।

कोरोना जितेर घर फर्किएका उनीहरू भारतको विभिन्न सहरबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए । कोरोना जितेका २० जनालाई यसअघि आइसोलेसन वार्डबाट जेठ १७ मा घर पठाइएको थियो । यसैगरी निको हुनेको कुल संख्या २६ पुगेको छ ।

अब जिल्ला अस्पताल सिराहा र महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा ५३ जना संक्रमित छन् ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब