सिरहामा नक्कली पास बिक्री गर्ने दुई जना पक्राउ

  • असार ११, २०७७ | ८३४ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सरकारले कोरोना नियन्त्रणका लागि गरेको लकडाउनमा नक्कली पास बिक्री वितरण गर्ने दुईजनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका १ मा रहेको मेरो साईबर एण्ड ट्राभल्समा खान तलासी गर्दा वडा नम्बर ८ का साइबर सञ्चालक २० वर्षीय विजेन्द्र महतो र २२ वर्षीय प्रमेश्वर महतो छन् ।

लकडाउनको समयमा प्रमुख जिल्ला अधिकारीका सही छाप गरेको सादा प्रिन्टको पास किर्ते बनाई बिक्री वितरण गरेको भन्दै २ जनालाई प्रहरीले पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई विभिन्न कार्यालयको छाप, लेटर प्याड, डेलको ल्याप्टप एकथान, ब्रदर्शको प्रिन्टर एक थान, ब्रदर्शको कलर प्रिन्टर एक थान र एचपीको पेनड्राइभ एकथानसहित नियन्त्रणमा लिएर दुवैजनामाथि लिखित सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताए ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब