भारी वर्षाले नदीहरुमा पानीको बहाब बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह

  • असार ११, २०७७ | ५३९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । मनसुन सक्रिय भएकाले तराईँ मधेस सहित चुरे क्षेत्रमा भाी वर्ष हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले केही स्थानमा भारी वर्षा हुने र नदीहरुमा बहाव बढ्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार पानी पर्ने क्रम बढेसँगै देशका बिभिन्न स्थानका नदीहरुमा पनि बहाव बढ्ने छ ।

आजबाट कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबईलगायत सबै प्रदेशका तराई भई बहने साना नदीमा बहाव बढ्ने र जलसतह सामान्य अवस्थाबाट सतर्कता तह आसपास हुन सक्ने पूर्वानुमान गरिएको छ ।

त्यसैले नदी तटीय क्षेत्रमा उच्त सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, २, ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ । आजै दिउँसो प्रदेश १, २, बागमती प्रदेश, ५ नम्बर प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने भएकाले नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब