प्रदेश २ मा दुई असईसहित ३ जना प्रहरी निलम्बित

  • असार १२, २०७७ | ४९७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । प्रदेश २ मा कार्यरत दुई जना प्रहरी सहायक निरीक्षक र एक जना जवान निलम्बनमा परेका छन् । रौतहटको छुट्टाछुट्टै कार्यालयमा कार्यरत यी तीन जना प्रहरीलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

निलम्बित हुनेमा रौतहटको इलाका प्रहरी कार्यालय पिपरा रजबाडा दरबन्दी भई प्रहरी चौकी औरैयामा कार्यरत असई ललित साह, सोही कार्यालयमा कार्यरत प्रहरी जवान दिनेश हजारा र इलाका प्रहरी कार्यालय देबाही गेनाही दरबन्दी भई प्रहरी चौकी ब्रहमपुरीमा कार्यरत असई सञ्जी‍वकुमार झा छन् ।

असई साह र जवान हजाराले आर्थिक प्रलोभनमा परी हुण्डी कारोबारीमा संलग्न व्यक्तिलाई सघाएको प्रमाणित भएपछि उनीहरूलाई निलम्बन गरिएको प्रदेश प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले जानकारी दिए ।

यस्तै असई झाले प्रहरी आचरणविरुद्व काम गर्दा पटक-पटक सुध्रिने मौका दिँदासमेत नसुध्रेकाले निलम्बन गरिएको सिंहले बताए । असई झा हालै मात्र एक महिलासँग रातिको समयमा आपत्तिजनक अवस्थामा भेटिएका थिए । आपत्तिजनक अवस्थामा उनलाई गाउँलेले फेला पारी प्रहरी कार्यालयको जिम्मा लगाएको थियो ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब